गाई–गोरुसहित गाडी नियन्त्रणमा

0
16

झापा ।

भारत लैजान लागेको पाँचवटा गाई र दुईटा गोरु सहितको गाडी नियन्त्रणमा लिइएको छ ।

ॐकार सेना नेपालले गाई गोरुसहित एउटा गाडी नियन्त्रणमा लिएको हो । सताक्षीधामका प्रमुख सन्त नन्दकिशोर महाराजको नेतृत्वको ॐकार सेना नेपालले तस्करीको माध्यमबाट भारत लैजान लागेको सवारीसहित गोरु नियन्त्रणमा लिइएको हो ।

मे १ च ५६९३ नम्बरको पिकअप गाडीमा गाईगोरु खाँदाखाँद गरी कष्टपूर्ण तरिकालाई सीमा नाकामा तर्फ लैजान खोजिएको थियो । सोही क्रममा गाडी नियन्त्रणमा लिएर गाईगोरुलाई उद्धार गरी सताक्षीधाम गौशाला पठाइएको छ । गाडी धनी हाविल अलीलाई आइन्दा यस्तो कार्य नगर्ने लिखित प्रतिबद्धता गराई गाडी छाडिदिएको सन्त नन्दकिशोर महाराजले जानकारी दिए ।

दमक नगरपालिकाबाट झापा गाउँपालिका हुँदै भारततर्फ बद्ध गर्ने उद्देश्यले गाईगोरु लगिरहेको अवस्थामा नियन्त्रणमा लिएको उनले बताए । पछिल्लो समयमा कोशी प्रदेशका विभिन्न भागहरूमा गाईगोरु काटेर खाएको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि जातीय र धार्मिक विवाद चुलिएको छ ।

यस अगाडि पनि ॐकार सेना नेपालले विज्ञप्ति जारी गर्दै गाईगोरु तस्करी गर्ने जो कसैलाई पनि कारबाही गर्ने चेतावनी दिएको थियो । जिल्लाको गौरीगञ्ज, झापा, मेचीनगरको ज्यामिरगढी, नकलबन्दा र बाहुण्डाँगीबाट गाईगोरु तस्करी भइरहेको स्रोतको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here