सेन्ट कुजुर एकाडेमीमा निःशुल्क स्वास्थ्य शिविर

0
9

भद्रपुर ।

झापाको भद्रपुर नगरपालिका वडा नम्बर १० स्थित सेन्ट कुजुर एकाडेमीमा निःशुल्क स्वास्थ्य शिविर भएको छ ।

बाल क्लव युवा रेडक्रस सर्कल भद्रपुरको आयोजना तथा ओम साई पाथिभरा हस्पिटलको प्राविधिक सहयोगमा शनिवार निःशुल्क स्वास्थ्य शिविर भएको हो ।

सेन्ट कुजुर एकाडेमीमा ४० प्रतिशत सन्थाल तथा बिपन्न बर्ग र मजदुरका छोराछोरीहरु अध्ययनरत रहेका स्वास्थ्य शिविर कार्यक्रमका संयोजक तथा बिद्यालयका शिक्षक राजु बरालले जानकारी दिए । उक्त बिद्यालयमा अध्ययनरत बिद्यार्थी र अभिभावकको सामुहिक निःशुल्क स्वास्थ्य परिक्षण गर्ने उदेश्यले शिविरको आयोजना गरेको उनले बताए ।

बाल क्लव युवा रेडक्रस सर्कल भद्रपुरकी अध्यक्ष सेविका भेटवालको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य रहेको थियो भने नगर उपप्रमुख राधा कार्कीको बिशिष्ट आतिथ्य रहेको थियो । प्रमुख अतिथि पोखरेल र बिशिष्ट अतिथि कार्कीको स्वास्थ्य परिक्षण गरेर शिविरको उद्घाटन गरिएको थियो ।

स्वागत युवा रेडक्रस सर्कल अध्यक्ष समिक्षा किस्कुले गरेको कार्यक्रममा प्रमुख अतिथि पोखरेल, बिशिष्ट अतिथि कार्की, भद्रपुर १० का वडा सदस्य दुर्गा दाहाल, स्वास्थ्य शिविरको समन्वयकारी भुमिका खेल्ने शिवकुमार राजभण्डारी, राजनीतिक दलका प्रतिनिधि असारु राजवंशी, चन्द्रगढ टोलविकास समितिका अध्यक्ष गणेश नेपाल, चन्द्रगढी सामुदायिक बनका केशव खतिवडा, रेडक्रसकर्मी मित्रप्रसाद अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उद्घाटन कार्यक्रमको सञ्चालन शिविरका संयोजक तथा शिक्षक राजु बरालले गरेका थिए । शिविरमा फिजिसियन, दन्त रोग, बालरोग, स्त्रीरोग, भिडियो एक्सरेलगायतका सेवा प्रदान गरिएको थियो भने निःशुल्क औषधिसमेत बितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here