समाजवादीको मेचीमहाकाली जागरण यात्राको तयारी पूरा

0
13

झापा । नेकपा एकीकृत समाजवादी पार्टीले आइतवारबाट मेची महाकाली जागरण यात्रा गर्ने भएको छ ।
काँकरभिट्टाबाट शुरु गरिने यात्रा एक हजार किलोमिटरको रहने बताइएको छ । शनिवार काँकरभिट्टामा पत्रकार सम्मेलनको आयोजना गर्दै जागरण यात्राको तयारी पूरा भएको जानकारी दिइएको थियो । जागरण यात्राका विषयमा पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी गराएका थिए ।

जागरण यात्राको उद्घाटन पार्टीका अध्यक्ष माधवकुमार नेपालले गर्ने र भोलि नै बिर्तामोड तथा दमकमा जागरणसभाको आयोजना गर्ने पार्टीका उपाध्यक्ष घनेन्द्र बस्नेतले जानकारी दिए । पार्टीका उपमहासचिव डा. बिजय पौडेलले जागरण यात्राका विषयमा जानकारी गराउँदै पार्टी स्थापनाको दुई वर्षमा सवै जनताका बीचमा पुग्न नसकेको बताए ।
उनले यो पार्टीका एजेण्डा अरु पार्टीको भन्दा भिन्न रहेको भन्दै मेची महाकाली जागरण यात्राले पार्टीलाई थप मजबुद बनाउने दावी गरे । पार्टीको पहिलो एजेण्डा नै बेरोजगारी उन्मुलन हो– उनले भने– देश खाली गराएर गिट्टी–बालुवा छरेर मात्र विकास हुँदैन । तसर्थ देशमा वेरोजगारी उन्मुलन गर्न जरुरी छ ।
पार्टीका झापा इञ्चार्ज पुष्प पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन पार्टीका प्रचार विभाग सचिव प्रकाश खतिवडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here