अर्जुनधारामा नापतौलको डोर शुरु 

0
8
अर्जुनधारा । 
घरदैलो कार्यक्रममार्फत नगरमा रहेका व्यापारी तथा व्यवसायीहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले अर्जुनधारा उद्योग वाणिज्य संघको आयोजनामा सोमबारदेखि नापतौलको डोर शुरु भएको छ ।
        तीन दिन सम्म सञ्चालन हुने उक्त कार्यक्रममा व्यापारी तथा व्यवसायीहरुले प्रयोग गर्ने गरेका नाप र तौल तथा नाप्ने तौलने यन्त्रहरुको जाँच, नविकरण, अनुमति पत्र वितरण तथा अनुगमन गर्ने संघका अध्यक्ष इन्दिवर खड्काले जानकारी दिए ।
        अर्जुनधारा–८ स्थित शनिश्चरे बजार क्षेत्रबाट शुरु भएको कार्यक्रम अर्जुनधारा–३स्थित खुदुनाबारी, अर्जुनधारा–५स्थित लक्ष्मीपुर बजार र अर्जुनधारा–११स्थित बसपार्क क्षेत्रमा सञ्चालन हुने बताइएको छ ।
        कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख निरीक्षक सुनिलकुमार यादव, सिनियर मिस्त्रीद्वय अन्जिता रेग्मी र हरेराम महतो, सहलेखापाल पर्शुराम बराल र कार्यालय सहायक पुना घिमिरेले सेवा प्रदान गर्ने छन् । कार्यक्रमको पहिलो दिन ५०  जनाले सेवा लिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here