एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

0
7

विराटनगर । बिराटनगरमा जारी नेकपा एमालेको कोशी प्रदेशको पहिलो अधिबेशनबाट मोरंङको लेटाङ निवासी घनश्याम खतिवडा अध्यक्षमा विजयी भएका छन । खतिवडाले ५१२ र अर्का प्रत्याशी विनोद ढकालले ४३९ मत पाए ।
प्रदेश अध्यक्षमा विजयी भएसङै नेकपा एमाले मोरङको पाँचौँ जिल्ला अधिवेशनमा हारेको बदला लिएका छन् । सो अधिवेशनमा ढकालले खतिवडालाई हराएका थिए । यस पछि उनीहरूका बिचमा प्रतिस्पर्धा भएको थिएन ।खतिवडा मदन भण्डारीसङ काम गरेका नेता भए पनि एमालेको प्रमुख नेतृत्वमा आएका थिएनन् । मोरङको तत्कालीन जाते गाविसको अध्यक्ष भएका खतिवडा २०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा विजयी भएका थिए । उनले डिक काङ्ग्रेसका बहादुर लिम्बुलाई पराजित गरेका थिए ।२०७९ को निर्वाचनमा भने उनी लिम्बूसङै पराजित भएका हुन ।कूल ९९७ प्रतिनिधि रहेको अधिवेशनको ९७७ मत खसेको थियो ।
एमाले कोशीको अधिवेशन मा सचिवमा राजकुमार भन्डारी विजयी भएका छन । उनले अर्का प्रत्याशी सैलेश लामालाई हराए । जलबर्षा राजबन्शी र देवान राई विजयी भए ।
सहमति गर्न नमान्नेले चुनावलाई लोकतान्त्रिक पद्धति भन्ने र चुनाव गर्न नचाहनेले पार्टी नीति र नेतृत्वको निर्णय मान्ने दुई अन्तरसङ्घर्षबाट कोशी प्रदेशमा एमालेले नेतृत्व प्राप्त गरेको छ । कोशी प्रदेश प्रचार विभागका प्रमुख रहेका घनश्याम खतिवडा र एमालेका केन्द्रीय सदस्य रहेका विनोद ढकालबीच कोशी प्रदेशमा भएको मतान्तरले एमाले भित्रको तिक्तता बाहिर ल्याएको छ ।
२०६६ सालमा एमालेको मोरङ जिल्ला अध्यक्षमा प्रतिस्पर्धा गरेका यी दुईमध्ये त्यसबेला ढकालले सफलता पाएका थिए । त्यसताका ढकाल केपी ओली समूहबाट र खतिवडा माधव नेपाल समूहबाट उम्मेदवार बनेका थिए । जिल्ला अध्यक्षमा भिडेको १४ वर्षपछि प्रदेश अध्यक्षमा पुन प्रर्तिस्पर्धि बनेका दुई नेताबीचको प्रतिस्पर्धामा खतिवडाले बाजी मारे ।
१४ वर्षअघि जिल्ला अध्यक्षमा भएको हारको बदला प्रदेश अध्यक्षमा खतिवडाले पूरा गरेका हुन । नेताहरु ढकाल र खतिवडाको चुनावी प्रतिस्पर्धामा प्रदेशबाट प्रतिनिधित्व गर्ने स्थायी कमिटी सदस्यहरू पनि दुई तिर बिभाजित बनेका थिए । एमालेको आठौँ महाधिवेशनदेखि खतिवडा पनि ओली समूहमै पुगेपछि यी दुई नेता एउटै समूहमा थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here