७८१ एनएमसी ज्येष्ठ सदस्य सम्मानित

0
9

रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले ज्येष्ठ सदस्यलाई नगदसहित सम्मान गरेको छ।

सहकारीको विषयगत उपसमिति समुदायिक सरोकार समितिको आयोजनामा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर संस्थाले झापा,मोरङ र इलाम जिल्लास्थित आफ्ना ५८ वटै सेवा केन्द्रहरुमा एकसाथ ७८१ जना ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान गरेको हो।

यसैविच बिर्तामोड- १० स्थित एनएमसी सैनिकबजार सेवा केन्द्रले आफ्ना शेयर सदस्य चन्द्रमाया ढकाललाई नगद ५ हजार सहित फूलमाला लगाएर सम्मान गरेको छ।

संस्थामा आबद्ध बिर्तामोड -१० पत्थरभिट्टा निवासी ८६ वर्षीया ढकाललाई बिर्ताअर्जुन क्षेत्रीय समन्वय उपसमिति सदस्य मनु सुनुवार मुखिया,सैनिकबजार सेवा केन्द्रगत उपसमिति संयोजक टीकाराम दंगाल,सदस्य रत्नबहादुर बस्नेत,सीतादेवी राई, कार्यालय प्रमुख सन्तोष ढुंगानालगायतले फूलमाला र अबिर लगाएर सम्मान गरेका थिए।

संस्थाको नियम अनुसार ५ हजारभन्दा बढी शेयर रकम भएका सदस्यता प्राप्त गरेका ५ वर्ष अवधि पूरा भएका ७० वर्ष उमेर पुगेका ज्येष्ठ सदस्यलाई संस्थाले नगद ५हजार तथा ८५ वर्ष माथिकालाई १० हजारसहित सम्मान गर्ने गरिएको सैनिक सेवा केनद्र प्रमुख जानकारी दिए। संस्थामा हाल १लाख ५५ हजार बढी सदस्य रहेका छन।

सैनिकबजार सेवा केन्द्र उपसमिति संयोजक दंगालको अध्यक्षतामा भएको कार्यक्रममा एकाइ उपसमिति सदस्य रिता श्रेष्ठले स्वागत गरेकी थिइन्। मनु मुखिया,सीता राई, राजन ढकाललगायतले शुभकामना मन्तव्य राखेका कार्यक्रमको सञ्चालन सेवा केन्द्र प्रमुख सन्तोष ढुंगानाले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here