अस्तायो चीनको ‘रियल स्टेट जायन्ट’को एभरग्रान्डेको साम्राज्य

0
6
काठमाण्डौं ।
चीनको ‘रियल स्टेट जायन्ट’ एभरग्रान्डेका संस्थापक हुई का यान कुनै समय एसिया महादीपकै सबैभन्दा धनाढ्यको सूचीमा थिए । अमेरिकी म्यागेजिन फोब्र्सका अनुसार सन् २०१७ मा उनी ४२.५ बिलियन अमेरिकी डलरसहित एसियाका सबैभन्दा धनाढ्य व्यवसायी हुन् ।

६४ वर्षका यान चीनमा सु जियान भनेर समेत प्रसिद्ध छन् । कुनै समय एसियाको धनाढ्यको सूचीमा आफ्नो दबदबा कायम गरेका यान यति बेला प्रहरी हिरासतमा पुगेका छन् । र, यससँगै, एभरग्रान्डेको अध्यक्षका रूपमा उनको साम्राज्य ढलेको भान हुन्छ । बीबीसीका अनुसार चिनियाँ प्रहरीले यानलाई गैरकानूनी अपराध गरेको आरोपको अनुसन्धान गर्न नियन्त्रणमा लिएको हो ।

यानको प्रोपर्टी जायन्ट एभरग्रान्डेको थाप्लोमा यति बेला ३०० बिलियन अमेरिकी डलरको ऋणको भार छ । कम्पनीका संस्थापक यान सन् १९५८ मा चीनको गरिब तथा पिछडिएको गाउँमा जन्मिएका हुन् । उनी आफ्ना हजुरआमाको रेखदेखमा चीनको हेनान प्रदेशमा हुर्के बढेका हुन् । यानकी आमा ८ वर्षको हुँदा आफ्नी आमा गुमाउनु परेको थियो ।

सन् १९८२ मा ग्य्राजुएटपछि यानले स्टिल प्राविधिकका रूपमा काम सुरु गरेका थिए । त्यसपछि, उनले बिस्तारै ग्वानझाउ सहरमा बनेका घर र जग्गा बिक्रेताका रूपमा जागिर सुरु गरे । घरजग्गा कारोबारीको अनुभव बटुलेपछि यानले सन् १९९६ मा एभरग्रान्डे स्थापना गरेपछि नै चीनमा रियलस्टेट जायन्ट उदय र पतनको कथासम्म आइपुगेको छ ।

स्थापनाकालदेखि नै यो कम्पनीले चीनको आर्थिक विकाससँगै आफ्नो आकार फैलाउँदै लग्यो । यान विगत ३ दशकदेखि चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य समेत रहेका छन् ।

 

एभरग्रान्डेको उदय

सन् २००९ मा हङकङ स्टक एक्सचेञ्जमा सूचीकृत भएपछि कम्पनीको आर्थिक आकार तीव्र गतिमा उकालो लाग्यो । कम्पनी हङकङ स्टक एक्सचेञ्जमा दर्ता भएदेखि नै तीव्र गतिमा आर्थिक आकार वृद्धि गर्दै गयो । जसलाई विश्लेषकहरू विस्फोटक उदयको संज्ञा दिन्छन् । हङकङमा कम्पनीले आकार लिँदै गएपछि यानले चिनियाँ मित्रहरूसँग मिलेर चीनमा समेत व्यवसाय अघि बढाए ।

चिनियाँ एभरग्रान्डेलाई आर्थिक रुपमा सबल र बलियो बनाउन यानका साथीहरूले कम्पनीको सेयर र बन्ड किन्न थाले । जसको प्रत्यक्ष लाभ एभरग्रान्डेले पायो र निरन्तर अघि बढिरह्यो । यति बेला चीनका २८० सहरमा एभरग्रान्डेको १३ सयभन्दा धेरै प्रोजेक्ट छन् । यसबाहेक एभरग्रान्डेको अध्यक्ष यानको व्यवसाय यात्रा रियल स्टेटमा मात्रै सीमित रहेन र उनले सम्पत्ति व्यवस्थापन, इलेक्ट्रिक कार निर्माण, खाद्यान्न र पेय पदार्थ उत्पादनमा समेत लगाएका छन् ।

एभरग्रान्डेसँग चीनको सबैभन्दा प्रसिद्ध र सफल व्यावसायिक फुटबल क्लब ग्वानझाउको बहुमत सेयर समेत छ ।

 

ओरालो यात्रा

एभरग्रान्डेको उकालो यात्रा जुन गतिमा अघि बढेको थियो ।  सोही गतिमा ओरालो यात्रा समेत अघि बढ्यो । सन् २०२० मा चीन सरकारले ठुला रियल स्टेट कम्पनीलाई नियन्त्रणमा राख्न नयाँ नीति अख्तियार गर्‍यो । कोभिड–१९ महामारीबाट प्रभावित बनिरहेको एभरग्रान्डेलाई चीनको नयाँ नीतिले नराम्रो प्रभावित पार्‍यो । चीनको नयाँ नीतिसँगै ऋणको भारमा परेको एभरग्रान्डेले विशेष छुटसहित आफ्नो प्रोपर्टी बिक्रीमा राख्न थाल्यो ।

चीन सरकारको नयाँ नीति र ऋणको भारबाट माथि उठ्ने लक्ष्यसहित भारी छुटसहित सम्पत्ति बिक्रीमा एभरग्रान्डे लागेपछि कम्पनीको सेयर मूल्य ९९ प्रतिशतसम्म घट्यो । यससँगै, सन् २०१७ मा ४२ बिलियन अमेरिकी डलरभन्दा धेरै सम्पत्तिका मालिक यानको कूल सम्पत्ति खुम्चिएर ३.२ अमेरिकी डलरमा आइपुग्यो । यसपछि चिनियाँ अधिकारीहरूले समेत यानमाथि छानबिन गरिरहेको तथ्य बाहिरियो र एभरग्रान्डेले हङकङ स्टक एक्सचेञ्जमा आफ्नो कारोबार नै रोक्का गर्‍यो ।

विश्लेषकहरू एभरग्रान्डेको साम्राज्य ढल्नुमा चिनियाँ राष्ट्रपति सी जिङ पिङको समान आम्दानी र समाजवादी विचारधारासँग सम्बन्धित रहेको बताउँछन् । चीन सरकारले चिनियाँ धनाढ्य र साधारण चिनियाँको आम्दानी अन्तरको खाडल पुर्न लागिपर्ने गरी सन् २०२० को नयाँ नीति ल्याएको थियो । ‘एभरग्रान्डेका अध्यक्ष धनाढ्य व्यवसायीका प्रतीक थिए । जो, आफ्नो निजी जेटमा विश्व सयर गर्दै थिए,’ मोन्टाना विश्वविद्यालयका चीन नियाल्ने निकायका निर्देशक डेक्टर रोबटर्सले भने, ‘सिले यानजस्ता धनाड्यलाई नजिकबाट नियालिरहेका थिए । जसले देखिने गरी सम्भ्रान्त जीवन बिताइरहेका थिए । यो देशको अर्थतन्त्र र पार्टीको नीति विपरीत हुने सिलाई थाहा थियो ।’

– बीबीसीबाट / रातोपाटि 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here