बेइजिङमा इजरायली दूतावासका कर्मचारीमाथि आक्रमण

0
7

काठमाण्डौं ।

बेइजिङस्थित इजरायली दूतावासका एक कर्मचारीमाथि शुक्रबार आक्रमण भएको इजरायलको विदेश मन्त्रालयले दाबी गरेको छ । इजरायली दाबीबारे चीनको विदेश मन्त्रालयले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

‘आज बेइजिङमा इजरायली दूतावासका एक इजरायली कर्मचारीमाथि आक्रमण भएको छ,’ विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘ती कर्मचारीको अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था स्थिर रहेको छ, आक्रमणको कारण पत्ता लगाउने प्रयास भइरहेको छ ।’

गत शनिबार आश्चर्यजनक हमलामा हमासका बन्दुकधारीहरूले इजरायलमा एक हजार दुई सयभन्दा बढीको हत्या र करिब एक सय ५० जनालाई बन्धक बनाएपछि दूतावासका कर्मचारीमाथि आक्रमणको घटना भएको छ ।

इजरायलले बदलास्वरूप गाजापट्टीमा हमासका लक्ष्यहरूमा हवाई आक्रमणसँगै तोप वर्षाएर एक हजार तीन सय ५० भन्दा बढीलाई मारेको छ । हमासले इजरायली र यहुदीमाथि हमला गर्नका लागि विश्वभरका आफ्ना समर्थकसँग शुक्रबार ‘क्रोध दिवस’ मनाउन आह्वान गरेको इजरायली विदेश मन्त्रालयले वेबसाइटमार्फत जारी गरेको विज्ञप्तिमा चेतावनी दिएको छ । (एएफपी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here