पूर्व प्रहरी संगठनको शुभकामना आदान प्रदान

0
6

विर्तामोड ।

नेपाल पूर्व प्रहरी संगठन विर्तामोड नगर कार्य समिति झापाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकोछ ।

पूर्व प्रहरी हवल्दार तथा कोशी प्रदेश सांसद गोपाल बहादुर गजमेरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता नगर समिति अध्यक्ष मोहनविक्रम मल्लले गरेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाप्रसाद रेग्मी, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सुरज कार्की, कोशी प्रदेश पूर्व प्रहरी संगठन अध्यक्ष बाबुराम श्रेष्ठ, उपाध्यक्ष बलबहादुर श्रेष्ठ, झापा जिल्ला अध्यक्ष खड्गबहादुर खड्का, उपाध्यक्ष अविचन्द्र रिजाल, देवीप्रसाद संग्रौला, दीपक थापा, मेचीनगर अध्यक्ष अमिनअलि सेख, भद्रपुर नगर अध्यक्ष ढाकाराम अधिकारी, कचनकबल अध्यक्ष देउमान बुढाथोकी, कनकाई नगर अध्यक्ष हरिप्रसाद सेढाई, शिवसताक्षी नगर अध्यक्ष जयश्वर आङ्देम्बे, जिल्ला सचिव कृष्णप्रसाद सापकोटा, जिल्ला सहसचिव दिपेन्द्र घिमिरे, जिल्ला कोषाध्यक्ष अनुप निरौला, अर्जुनधारा नगर सचिव दुर्गा विक, भद्रपुर नगर सचिव केदार अधिकारी, जिल्ला सल्लाहकार याम आचार्य, जिल्ला सदस्य लक्ष्मी उप्रेती, जिल्ला सदस्य भुपेन्द्र गिरी लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा पूर्व प्रहरी श्रीमती लोक दोहोरी गायिका कमला भट्टराईले शुभकामना गीत मार्फत स्वागत गरेकी थिइन् । कोशी प्रदेश प्रमुख बाबुराम श्रेष्ठले पूर्व प्रहरी संगठनलाई देशव्यापी रुपमा आफ्ना हकहित र अधिकारका लागि जागरुक हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख रेग्मीले फरक–फरक सोच राखेर समाज रुपान्तरणमा आपसी सद्भाव, शान्ति, सु–व्यवस्था तथा अपराधजन्य गतिविधिलाई निरुत्साहित गर्न पूर्व प्रहरी संगठनको अहम् भूमिका रहने कुरा जानकारी गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गजमेरले सुरक्षाकर्मीहरुलाई राजनीतिज्ञद्वारा धम्क्याउने कार्यलाई बहालवाला तथा पूर्व प्रहरीहरुले डटेर सामना गर्नुपर्ने आवश्यकतामा जोड दिए । त्यस्तै बहालवाला महिला कर्मचारीहरुका लागि डिउटी समयमा स्तनपान गराउन असहज भइरहेकोले हरेक युनिटमा स्तनपान गराउनका लागि छुट्टै कक्षा स्थापनाका लागि प्रदेश सरकार मार्फत पहल गर्ने जानकारी दिएका थिए । कार्यक्रमको सञ्चालन पूर्वप्रहरी नायव निरीक्षक देवीप्रसाद आचार्यले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here