तारा नमस्ते बाल ग्रामका वालवालिकालाई सहयोग

0
11

झापा । झापाको बिर्तामोड ४ मा रहेको तारा नमस्ते बाल ग्रामका वालवालिकालाई विजया दशमीको अवसर पारेर सहयोग प्रदान गरिएको छ ।
एल डी सेराजिम हेल्थ केयर सेन्टर प्रा.लि.ले तारा नमस्ते बाल ग्राममा रहेका २२ जना बालवालिकाका लागि खाद्यन्य सहयोग गरेको हो । सबै बालवालिकालाई दशैभरि पुग्ने गरी खाद्यन्य सहयोग गरिएको हेल्थ केयर सेन्टर प्रा.लि.कि सञ्चालक लक्ष्मी दाहालले बताइन् । उनले खाद्यन्य सहित नगद ६ हजार रुपैयाँ समेत प्रदान गरेकी छन् ।
विजया दशमीमा सबैले मिठो मसिनु खाने प्रचलन रहेको र वालग्राममा आश्रित वालवालिकालाई दशै मनाउन सहज होस् भन्दै खाद्यन्य सहित आर्थिक सहयोग गरिएको सञ्चालक दाहालको भनाई छ ।
तारा नमस्ते बालग्रामका संस्थापक अध्यक्ष नारायण पोखरेल र सञ्चालक यशोद चापागाईलाई सहयोग सामग्री प्रदान गरिएको थियो । सामग्री हस्तान्तरण कार्यक्रममा स्वागत भरत संग्रौलाले गरेका थिए भने सञ्चालन डम्बर विक्रम केशी काफ्लेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here