राम जानकीको १५ औ सभा सम्पन्न

0
10

बिर्तामोड । झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको श्री रामजानकी बचत तथा ऋण सहकारी संस्थाले १५ औं बार्षिक साधारणसभाको अन्तिम माइन्यूट प्रमाणीकरण गरेको छ ।
आठ वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको साकोसले अन्तिम माइन्यूट प्रमाणीकरण गरेको हो । गत असोज ३० गते इकाईगत साधारणसभा गरेर प्रतिनिधि छनौट गरेको साकोसले बिहीवार बिर्तामोडमा अन्तिम माइन्यूट प्रमाणिकरण गरेर १५ औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष भीमप्रसाद राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाललेको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका कोषाध्यक्ष जीवन सुवेदीले गरेको कार्यक्रमको सञ्चालन ब्यवस्थापक शुक्रराज भण्डारीले गरेका थिए ।
आर्थिक बर्ष २०७०÷०८० असार मसान्तसम्म ९ हजार ३०२ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी २ करोड २४ लाख ४७ हजार २०० रुपैयाँ रहेको छ । संस्थाको कुल निक्षेप तथा बचत १९ करोड ८१ लाख ४९ हजार ५०७ रुपैयाँ १६ पैसा, कुल ऋण लगानी २१ करोड ७३ लाख ९ हजार ८८० रुपैयाँ ६१ पैसा, संस्थाले बिभिन्न बित्तिय क्षे१० लाख १४ हजार ७०० लगानी गरेको छ भने करकट्टी अघिको मुनाफा १३ लाख ८८ हजार ३६६ रुपैयाँ १३ पैसा गरेको अध्यक्ष राजवंशीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । अध्यक्ष राजवंशीद्धारा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार संस्थाको कुल वासलात २३ करोड ६१ हजार ९९ हजार ८३५ रुपैयाँ ६९ पैसा छ भने स्थिर सम्पत्ती ५९ लाख ६३ हजार ५७२ रुपैयाँ २७ पैसा रहेको छ ।
सोही कार्यक्रमकाबिच संस्थाले उत्कृष्ट सेवाकेन्द्र प्रमुखका रुपमा काशीनाथ न्यौपाने र उत्कृष्ट बजार प्रतिनिधिका रुपमा टिकामाया गौतमलाई नगदसहित सम्मान गरेको छ । त्यस्तै उत्कृष्ट बचतकर्ताका रुपमा रोश्ना माबो लिम्बु, कल्पनादेबी लिम्बु, लक्ष्मी खड्का, मुनेखा खातुन, नरमाया कडेल, हसनमञ्जुर आलम, उत्कृष्ट ऋण असुलीकर्ताका रुपमा अनुजा प्रविन, उमा ओझा, मणिराज सेलिङ, नानु ढुङ्गेल, अश्विन काफ्ले र योगेश्वर खतिवडालाई नगदसहित सम्मान गरेको छ । सम्मानीत ब्यक्तित्वहरुलाई प्रमुख अतिथि, बिशिष्ठ अतिथि, अतिथिसहित संस्थाका कार्यकारी प्रमुख दलबहादुर कार्कीले सम्मान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि ढकाल, गरामनी सहकारीका अध्यक्ष ताराप्रसाद चापागाई, सुनकोशी सहकारीकी उपाध्यक्ष रञ्जु प्याकुरेल, सहकारी अभियान्ता भलाकाजी कठ्ठेत, पत्रकार गोपाल काफ्लेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here