३८ किलोग्राम गाँजासहित दुई जना पक्राउ

0
9

उदयपुर।

उदयपुर कटारी नगरपालिका ६ देउलीकुनाबाट ३८ किलोग्राम गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ घर भई हाल उदयपुर ताप्ली गाउँपालिका १ का ३२ बर्षीय गणेशबहादुर मगर र ३३ बर्षीय बीरबहादुर मगर रहेका छन् ।

इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई १९–१९ किलोग्राम गाँजा बोरामा बोकी कटारी ल्याउदै गरेको अवस्थामा फेला पारेको थियो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here