महासचिव गुटेरेसको भ्रमणको सार्थकता

0
6

विश्व संस्थाको रूपमा विगत सात दशकअघिदेखि विश्व रंगमञ्चमा सार्थक, सकारात्मक र प्रभावकारी भूमिका खेल्दै आएको संयुक्त राष्ट्रसंघसँग नेपालको सन् १९५५ देखि नै सुमधुर सम्बन्ध रहँदै आएको छ । महासचिव गुटेरेस नेपालको चार दिने भ्रमण पूरा गरी न्यूयोर्क प्रस्थान गरिसकेका छन् । नेपालमा भ्रमण क्रममा उनी सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रका साथै पोखरा र लुम्बिनी समेत पुगेका छन् । उनले ऐतिहासिक एवम् पुराताŒिवक महŒवको सम्पदा स्थल ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गरेका थिए । सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासचिव भएपछि नेपालको भ्रमणमा आएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, गरिबी निवारणलगायत विषयमा छलफल गरेका थिए ।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधि मण्डलमा संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्रसंघका अन्य अधिकारीहरू सहभागी थिए । महासचिव एन्टोनियो गुटेरेस नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा नेपाल आएका हुन् । राष्ट्रसंघका महासचिवको करिब १५ वर्षपछि नेपालमा भएको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको थियो । ३० अप्रिल १९४९ मा जन्मेका एन्टोनियो गुटेरेस सन् १९९५ देखि २००२ सम्म पोर्चुगलका प्रधानमन्त्रीका रूपमा कार्यरत थिए भने २००५ देखि २०१५ सम्म उनी संयुक्त राष्ट्रसंघको उच्चायुक्तका रूपमा कार्यरत रहेका थिए ।

२०५२ सालदेखि २०६२ सालसम्म गृहयुद्धको चपेटामा परेको नेपालमा शान्ति प्रक्रिया शुरु भएको १७ वर्ष बितिसक्दा पनि शान्ति प्रक्रियाका लागि निर्धारण गरिएका सबै काम पूरा भएका छैनन् । संक्रमणकालीन न्याय टुंग्याउन, जलवायु परिवर्तनको असर र विश्व शान्तिमा नेपालको योगदानको महŒवलाई उजागर गर्दै नेपाललाई शान्तिको केन्द्रविन्दु बनाउन यो भ्रमण सफल भएको छ । संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रियाको बाँकी रहेको संक्रमणकालीन न्यायको काम पूरा गर्न राष्ट्रसंघले सहयोग गर्ने बचन दिएको कुरा अर्थपूर्ण छ । उनले भने झैं नेपालको संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गरी नेपाललाई विकसित देशको मार्गमा अघि बढाउन संयुक्त राष्ट्र संघको भूमिका महŒवपूर्ण हुनेमा दुईमत छैन । अनमिन मार्फत यसअघि पनि हातहतियार व्यवस्थापन र जनसेनाको प्रमाणीकरणमा संयुक्त राष्ट्रसंघले आफ्नो कार्यक्षमता प्रदर्शन गरिसकेकै हो ।

महासचिव गुटेरेसले शान्ति स्थापनाका लागि नेपालको प्रयास र प्रगति सराहनीय रहेको बताएका छन् । नेपालको हरेक अप्ठ्यारा समयमा नेपाल एक्लै नरहने र हरेक कठिनाइका मोड र घुम्तीहरूमा संयुक्त राष्ट्रसंघ साथै रहने उनले बचन दिएका छन् । मुलुकमा दश वर्षसम्म चलेको गृहयुद्धलाई तार्किक निष्कर्षमा पु¥याउन नेपालका राजनीतिक नेतृत्वको पहललाई सम्मान गर्दै सहयोग गर्न तयार रहेको गुटर्रेसको भनाइ छ । विश्व समुदायको विश्वास पुनःजागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धता जनाउन नेपाल पछि परेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here