खुल्ला म्याराथन दौडमा कार्की र तामाङ प्रथम

0
8

बिर्तामोड ।

‘स्वास्थ्यका लागि खेलकुद, लागूऔषध मुक्त बिर्तामोडका लागि हामी सबै एकजुट’ भन्ने नारासहित झापाको बिर्तामोडमा खुल्ला म्याराथन दौड सम्पन्न भएको छ ।

अनारमनी सोसियल युथ क्लवको आयोजनामा भएको बिर्तामोड रनमा शिव कार्की र देविका तामाङ प्रथम भएका छन् । पाँच किमि दौडमा पुरुष तर्फ कार्की र महिला तर्फ तामाङ प्रथम भएका हुन् । दौडमा पुरुष तर्फ दोस्रो सुकदेव टुडु, तेस्रो यामदेव राई र महिला तर्फ साइना गुरुङ दोस्रो र रुपा राई तेस्रो भएको कार्यक्रम संयोजक प्रभाष थापामगरले जानकारी दिए ।

बिर्तामोड नगरपालिका प्राङगणबाट सुरु भएको दौड चोक–यातायात कार्यालय हुँदै नगरमा पुगेको थियो । विजेताहरुलाई प्रमाणपत्र, मेडल र नगद पुरस्कार प्रदान गरिएको छ । प्रथम , द्वितीय र तृतीय हुनेहरुलाई क्रमश सात हजार , चार हजार र तीन हजार नगद , मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

विजेताहरुलाई अनारमनी सोसियल युथ क्लबका अध्यक्ष प्रभाष थापामगर , बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी , नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई , इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सुरज कार्की ,रोट्रयाक्ट क्लब अफ बिर्तामोडका अध्यक्ष बाप्पा शाह ,बिर्ताबजार प्रहरी चौकीका इन्चार्ज टीकाराम कार्की, चौकी व्यवस्थापन समितिका अध्यक्ष विरेन कोइरालालगायतले पुरस्कार , मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

खेलकुदको माध्यमबाट समाजलाई स्वस्थ्य राख्ने सक्ने तथा सकरात्मक सन्देश दिने उद्धेश्यले खुल्ला म्याराथन दौडको आयोजना गरिएको बिर्तामोड–३ का वडाध्यक्ष बुढाथोकीले जानकारी दिए । लागू औषध विरुद्ध विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बिर्तामोड–३ ले दौडको माध्यमबाट पनि जागरुक गर्न खोजेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here