३२औँ अपाङ्गता दिवस: कनकाईमा न्यानो कपडा वितरण

0
10

कनकाई । 

३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा झापाको कनकाई नगरपालिकामा एक कार्यक्रमकाबीच सहयोग सामग्री वितरण गरिएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ कनकाई नगरपालिकामा पनि कार्यक्रम आयोजना गरिएको हो ।

कनकाई अपाङ्गता समावेशी संस्थाको आयोजनामा प्रदेश सरकारको आर्थिक सहयोग तथा कनकाई नगरको समन्वयमा आयोजित कार्यक्रममा नगरमा रहेका सबै वडाका अपाङ्गता भएका २४ जनाभन्दा बढी व्यक्तिलाई जाडोको न्यानो कपडा, फाइवरको सिरक–डसना लगायतका सामग्री वितरण गरिएको नगर महिला तथा बालबालिका शाखा कनकाइकी प्रमुख टीका खतिवडाले जानकारी दिइन् ।

अपाङ्गता समावेसी संस्थाका कनकाईका अध्यक्ष पुष्पलाल घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि शिवाकोटीले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपाङ्गता अधिकारसम्बन्धी संवैधानिक र कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरिन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, वडा न ३ का अध्यक्ष युवराज चौलागाईं , कनकाई उद्योग वाणिज संघका अध्यक्ष तुलसी विमली, रोटरी क्लब कनकाई सुरुङ्गाका अध्यक्ष शिवकुमार कँडेल, लायन्स क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष सञ्जय गजुरेल, ज्येष्ठ नागरिक संघ कनकाई–३ का अध्यक्ष डिल्लीराम पाठक, कनकाई छठ सेवा समाजका अध्यक्ष बिजय शर्मा, जुनियर रेडक्रस उपशाखा सुरुङ्गाका प्रतिनिधि गोपाल उप्रेती लगायतले बोलेका थिए ।

नगर महिला तथा वालवालिका शाखा कनकाईकी प्रमुख खतिवडाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा अपाङ्गता समावेशी संस्थाका कनकाईका कोषाध्यक्ष यशोदा बराल (सृजन) ले स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन संस्थाका सदस्य दीपक पोखरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here