कमल नगर अस्पतालका लागि भौतिक संरचनाको निर्माण शुरु

0
6

कमल ।

कमल नगर अस्पतालले सेवा विस्तार गरे संगै त्यसलाई व्यवस्थित गर्नका लागि आवश्यक भौतिक संरचना समेतको निर्माण शुरु गरेको छ ।

अस्पतालले अहिले तत्कालका लागि आकस्मिक कक्ष र ल्याव सेवालाई सहज बनाउनका लागि तीन कोठे पक्कि भवनको निर्माणकार्य शुरु गरेको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले जनाकारी दिए ।

अस्पतालमा दैनिक विरामीको चाप बद्न थालेसंगै त्यसलाई व्यवस्थित गर्दै र ईमरजेन्सि (आकस्मिक कक्ष) र सबै खालका ल्याव सेवालाई प्रभावकारी बनाउन निर्माणाधीन भवन सम्पन्न भएपछि धेर्रै सहजहुने अध्यक्ष राईले बताए ।

कमल नगर अस्पतालले गत फागुन १ गते बाट स्वस्थ्य विमा सुरु गरेको थियो ,। विमा बाट सेवा दिन सुरु गरे पछि स्वस्थ्य परिक्षण गराउन आउने विरामीको सख्यामा पनि दैनिक रुपमा वृद्धि भइरहेको स्वस्थ्य शाखा प्रमुख दिपक दाहालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here