पूर्व नेपालको अध्यक्षमा पुन सापकोटा निर्वाचित

0
8

कमल ।

झापाको कमल गाउँपालिका–२ मा मुख्य कार्यलय रहेको पूर्व नेपाल बहुउद्येश्यीय सहकारी सस्थाको अध्यक्षमा पुनः प्रेम सापकोटा निर्वाचित हुनुभएको छ ।

सस्थाको ७ औं कार्यकालका लागि अध्यक्षमा सापकोटासहित उपाध्यक्षमा यामबहादुर कट्टेल , सचिव ख्याम राज न्यौपाने सर्व सम्मत निर्वाचित हुनुभएको निर्वाचन उप समितिका संयोजक शुभद्रा अधिकारीले जानकारी दिईन् ।

त्यसैगरी समितिमा संकेत रेग्मी,किशोर श्रेष्ठ,मोहन कुमार श्रेष्ठ, राजन प्रसाद भट्टराई, र सिताराम ढकाल निर्वाचित हुनुभएको छ भन महिला सदस्यमा कमला पाण्डे,याशोदा भण्डारी र रुकमणी कुमारी राजवंशी समेत निर्विरोध निर्वाचित हुनुभएको संयोजक अधिकारीले बताइन् ।

त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा गोपालप्रसाद भट्टराई तथा सदस्य चन्द्रकला ढकाल निर्विरोध निर्वाचित हुन भएको छ भने रित्त रहेको एकजाना सदस्य पछि थपगर्ने निर्वाचन उप–समितिका सदस्य हिमप्रसाद दाहालले जानकारी दिए ।

निर्वाचित सम्पुर्ण सदस्यलाई आईतवार सपथ ग्रहण गराईएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here