टेकेन्द्र ढकाल
चारआली । नेपाल रेडक्रस सोसाइटी उपशाखा दुवागढीको २५ औं साधारण सभा सम्पन्न भएको छ । उपशाखा सभापति गोपिराज मैनालीको सभापतित्वमा सम्पन्न समारोहमा सस्थाका पूर्ब सभापति विश्व थापालाइ सम्मान गरिएको थियो।
कूल २सय ५जना आजिबन र २जना बिशिस्ट सदस्य रहेको सस्थाको ६२ हजार एक सय नौ रुपैयाँ बराबरको कोसाध्यक्ष मित्रलाल काफ्लेद्वारा प्रस्तुत आर्थिक प्रतिबेदन पारित भएको थियो।
सभापतिद्वारा आगामी आ ब का लागि प्रस्तावित ८वटा कार्यक्रम समेत सभाले पास गरेको थियो। नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा मेचिनगर १४का कार्यबाहक वडाध्यक्ष दिपक सुबेदीले यस बर्ष वडाकार्यालयले नयाँ जस्ताको छानो लगाउन उपशाखालाई २लाख रुपैयाँ छुट्टाएको कुरा सभामा जानकारी गराए। बि स २०५०सालमा स्थानीय समाजसेवी स्व बिष्कुमार कार्कीले सस्थालाइ दान गरेको हाटखोलाको जमिनमा हाल सस्थाको आफ्नै छुट्टै भवन रहेको छ।