थ्रेसरमा च्यापिएर एक ब्यक्तिको मृत्यु

0
5

झापा ।

झापा गाउँपालिकामा थ्रेसरमा च्यापिएर एक ब्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका–२ सुगाबथानका ५७ वर्षीय नुनुवा टुडू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बुधबार बिहान स्थानीय चन्द्रदेव राजवंशीको प्र१–०१–००१ त ८०९२ नम्बरको ट्याक्टरमा टुडूले आफ्नै धानको कुन्यूमा थ्रेसर लगाएका थिए ।

सोही क्रममा टुडु थ्रेसरमा च्यापिँदा उनको शरीर टुक्रा–टुक्रा भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here