समुदायलाई लक्षित गरेर दोष नलाउन वरिष्ठ उपाध्यक्ष न्यौपानेको आग्रह

0
8

बिर्तामोड। बिर्तामोड उद्योग बाणिज्य संघ बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले मेडिकल ब्यवसायी दुर्गा प्रसाईलाई कुनैपनि समुदायलाई लक्षित गरेर दोष नलाउने आग्रह गरेका छन् ।
बरिष्ठ उपाध्यक्ष न्यौपानेले लघुबित्त, सहकारी र बैंकसहित मारवाडी समुदायलाई दोष लगाउँदै आएका प्रसाईलाई समुदाय भन्दा पनि गलत ब्यक्तिलाई दोष लगाउन सुझावसमेत दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियानका केन्द्रिय संयोजक तथा मेडिकल ब्यवसायी प्रसाईले आफु बैंक र बित्तिय संस्था पीडित बनेकाको मुद्दा उठाएकाले महाअभियान सफल हुने बताएका छन् । उनले आफुले समुदायलाई भन्दा पनि गलत गर्नेलाई गलत भनेको बताएका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियानको बुधवार (आज) बिर्ताबजारमा आयोजित झापा जिल्ला भेलामा संघको तर्फबाट प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने क्रममा न्यौपानेले सवै मारवाडी समुदाय गलत नभएकाले समुदायलाई गलत भन्दा महाअभियान सफल नहुने बताएका हुन् ।
महाअभियानका झापा संयोजक रामचन्द्र मैनालीको अध्यक्षतामा भएको कार्याक्रममा महाअभियानका केन्द्रिय संयोजक दुर्गा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । उक्त भेलाले ५१ सदस्यीय झापा जिल्ला समिति गठन गरेको छ । भेलाले हाल ३६ सदस्यीय राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियानको झापा जिल्ला समिति गठन गरेको छ भने अन्य सदस्य मनोनित गर्दै लगिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here