वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरी राष्ट्रिय उपाध्यक्षमा निर्वाचित, वीरता जेसीजलाई दुई अवार्ड

0
12

बिर्तामोड ।

सामाजिक क्षेत्रमा विभिन्न कार्य गर्दै आएको वीरता जेसीजले ५० औं महाधिवेशनमा देशभरकै उत्कृष्ट शाखा बन्दै दुई वटा अवार्ड जित्न सफल भएको छ ।

वीरता जेसीजको सन् २०२३ को नेतृत्व सम्हालेका अध्यक्ष घनश्याम चौधरीलाई सामाजिक सेवाका क्षेत्रका उत्कृष्ट काम गरेको भन्दै वर्ष उत्कृष्ट कार्यक्रम गर्न सफल भएको भन्दै अवार्ड प्रदान गरिएको थियो ।

वीरता जेसीजले उत्कृष्ट कार्यक्रम बापतको अवार्ड प्राप्त गरेको छ भने देशभरकै उत्कृष्ट शाखा अध्यक्ष अवार्ड पनि प्राप्त गर्न सफल भएको नवनिर्वाचित राष्ट्रिय उपाध्यक्ष एवम् वीरता जेसीजका अध्यक्ष चौधरीले जानकारी दिए ।

उनका अनुसाार वीरता जेसीजले एक वर्षको अवधिमा सयभन्दा धेरै कार्यक्रमहरु गरेको छ । अन्तराष्ट्रिय, ब्यपार, समुदाय तथा ब्यक्तिगत क्षेत्र अन्तरगत कार्यक्रमहरु गरेको अध्यक्ष चौधरीले बताए । उनले वीरता जेसीजले स्मारिका समेत प्रकाशन गरेको उल्लेख गरे । जेसीजको एरियाा ‘ए’ मा उत्कृष्ट काम गरेको भन्दै महाधिवेशनमा वीरता जेसीजलाई सम्मान गरिएको थियो ।

वीरता जेसीजले उत्कृष्ट काम गरेको भन्दै फेब्रुअरी महिनामा जेसीज अफ द मन्थबाट सम्मान गरिएको थियो भने । क्षेत्र ‘क’ सम्मेलनमा उत्कृष्ट शाखा अध्यक्षको अवार्ड समेत वीरता जेसीजले प्राप्त गर्न सफल भएको थियो ।

यसैबीच वीरता जेसीजका अध्यक्ष चौधरी बुटवलमा सम्पन्न नेपाल जेसीजको ५० औं महाधिवेशनबाट राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका छन् । राष्ट्रिय उपाध्यक्ष १२ जनाका लागि २२ जना मैदानमा थिए ।चौधरी ७०९ मत प्राप्त गर्दै राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका थिए । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको अधिवेशनमा विद्युतीय मेसिनमार्फत भोटिङ भएको थियो ।

राष्ट्रिय उपाध्यक्षमा निर्वाचित चौधरी विभिन्न सामाजिक क्षेत्रका क्रियाशिल रहेका छन् । श्री छठ समाज सेवा समितिका पूर्वअध्यक्ष, महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष, लाइन्स क्लब अफ बिर्तामोड सिटीका पूर्वअध्यक्ष तथा हालका रिजन चियर पर्सन, उज्यालो एकता टोलका पूर्वअध्यक्ष, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व सदस्य, नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न संघ–संस्थामा आवद्ध रहेका छन् । बिर्तामोड–४ निवासी चौधरी सामाजिक कार्यमा क्रियाशिल रहेका छन् ।

महाधिवेशनमा दुई अवार्ड जित्न सफल चौधरीले यो जित समग्र बिर्तामोडबासीको सफलता भएको उल्लेख गरे । उनले राष्ट्रिय उपाध्यक्षमा निर्वाचित गराउन मतदान गर्ने सबैलाई धन्यवाद दिएकाा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here