पैंतालिस वर्ष पढाइएछ । युवावस्थामा कुखुराको भाले घुमे जसरी कक्षा कोठामा घुमी–घुमी पढाइयो । थर्काइयो, पड्काइयो, कान समातेर उठबस गर्न लगाउनु त खैनीको तलतल जस्तै थियो । पढाउन अल्छी लागेमा वा सन्की चढेमा कुनै विद्यार्थी हल्लिएको देख्यो कि तलतल लागि हाल्ने उठबस गराउने । साँच्चै खैनी कै जस्तो तलतल । पचास पटक, सय पटक कति पटक लगाउने आपूmले निधो मात्र गरे हुने गन्न त विद्यार्थी नै तम्सी हाल्दथे । सरको प्यारो हुनु पनि त थियो उनीहरूलाई । सरकारी नियममा चालिस प्रतिशत विद्यार्थी अनुपस्थित भए पाठ नबढाउनु भन्ने सुनेको हो, तर त्यो नियम कहाँ छ भनेर खोजिएन किन पो खोज्नु र ? मुखका भरमा चल्ने हाम्रो मुलुकमा नियमको ठेली किन पल्टाउने ? हाजिर गर्दा चालिस प्रतिशतभन्दा दुई–चार प्रतिशत बढी नै भए पनि बिलो चालिस भन्दै अफिस पस्यो । हेडसरलाई पनि आनन्द । कुन सर आउलान् भनेर चेसका हात्ती, घोडा र पिउसा फिँजाएर बसेका हेडसर पनि खुशी ।
ँभदचगबचथ जबक नयत यलथि त्धभलतथ(भष्नजत मबथक। ऋयध नष्खभक गक mष्पि। ९ब ं द० द्द . बद्द ं द्दबद ं दद्द। नेपाल कृषि प्रधान देश हो । सगरमाथाको उचाइ ८८४८ मि. हो । जापानको राजधानी टोकियो हो । यस्तै घोक्न लगायो । जानेन भने कान मोल्यो । उठ–बस गर्न लगायो । यसै गरेर शिक्षकका दिन बिते । के शिक्षकका दिन बिते भन्नु र आपूmले पनि त्यही सिकेर त आएको हो । त्यही भएर सगौरव विद्यार्थीका सामु कुर्लियौं । त्यो बेला र अहिलेको अवस्थाको रूप केही चाहिँ फेरिएकै छ । तर, के सिक्ने, कसरी सिक्ने, सिकेका कुरालाई व्यवहारमा कसरी उतार्ने त्यतातिरको सिकाइ आज पनि छैन । दोष त शिक्षकलाई नै जाला तर पाठ्यक्रम निर्माण गर्ने निकायले नै उही शिक्षा नीति बनाइरहेको छ, अहिले पनि । अनि के विद्यार्थीले जीवनोपयोगी शिक्षा लिएर भविष्यको आफ्नो जीविकोपार्जन चलाउन सकेको छ त ? अहँ छैन ।
म मात्र होइन देशका अधिकांश शिक्षकहरू अहिले विरक्तिएका छौं । आपूmले पढाएका विद्यार्थीहरू विश्व बजारमा भौंतारिरहेका छन् । भारतीय भूमिमा, खाडीमा, युरोपमा, अमेरिकामा, वा भनौं अष्ट्रेलियामा । युरोप, अमेरिका तथा अष्टे«लिया जानेहरू खाडीतिर जानेहरूलाई हेय आँखाले हेर्छन् । आपूm युरोप, अमेरिका वा अष्टे«लिया गएकामा गर्व गर्छन् । विश्वका देशहरूमा जानु, त्यहाँको विकास तथा उन्नति हेर्नु नराम्रो अवश्य होइन, तर उनीहरू स्वदेशमा फर्किने कल्पना पनि गर्दैनन् । पियार होस् अथवा ग्रिनकार्ड लिएर उतै भासिन्छन् । हामी शिक्षकहरू आपूmले दिएको शिक्षाले देशको विकास नगरेकामा चिन्तित रहेका छौं । आपूm ग्लानी भोगिरहेका छौं । हाम्रो शिक्षा नीति कस्तो भएको भए युवाशक्ति यहीँ टिक्दथ्यो ? स्वदेशमा पाएको शिक्षाले देशको विकास गर्न सकेन । देशको शिक्षा नीति कहाँ कसरी चुक्यो ? शिक्षा क्षेत्रका अग्रजहरू माथिका समस्याहरूको उत्तरको खोजीमा अहिलेसम्म अल्झिरहेका छन् ।
नेपाल कृषि प्रधान देश भनेर हामीले पढायौं, तर कृषिको मर्म सिकाएनौं । सिकाउँथ्यौं भने पनि सिकाउने वातावरण पाएनौं । योजनाको कार्यान्वयन नीतिले गर्नुपर्दछ । नीतिले नै निर्देश गरेन भने योजना अलपत्र पर्ने मात्र होइन देखावटी र नक्कल मात्र हुन्छ । हाम्रो मुलुकमा भएको त्यही नै हो । सिकाइले व्यवहारमा परिवर्तन ल्याउँछ भनेर कक्षा कोठामा भन्यौं, तर व्यावहारिक परिवर्तन ल्याउने प्रयोगात्मक अभ्यास कहिल्यै गराएनौं । प्रयोगात्मक अभ्यासमा विश्वास जगाउन सकेनौं । जीविकोपार्जनका लागि हो प्रयोग भन्ने कुरा विद्यार्थीहरूमा छाप बसाएनौं । यो नै हाम्रो शिक्षा नीतिको कमजोरी हो । अब यस किसिमको शिक्षा नीति हटाएर जीवनमुखी शिक्षाको मार्ग प्रशस्त नगर्ने हो भने हामी युवाविहीन देशका नागरिक बन्न विवश हुनेछौं ।
हरेक नागरिकको कर्तव्य मनसा, वचसा, कर्मणा राष्ट्रोन्नतिका लागि समर्पित बन्नु नै हो । भोगेका जीवनका प्राप्तिहरूबाट विचार निर्माण गरी भविष्यका लागि उपयोगी हुने यथार्थ व्यावहारिक ज्ञान राज्यले लिने नीति निर्माणमा सहयोगी बनून् भन्ने कामना जो कोहीमा हुन्छ । पुरानो पुस्ताले निर्माण गरेका नीति नियमले भविष्यका युवा पुस्ताको रहरलाई, रोजाइलाई र कार्य क्षमतालाई बाटो छेक्ने कार्य नगरोस् । आजका युवा आदर्शका प्रमाण पत्रमा भन्दा व्यावहारिक ज्ञानका साथै रोजगारमूलक सिपमा विश्वास गर्दछन् । तर, अग्रज पुस्ता जवरजस्ती रूढ शिक्षा लादिरहेको छ । आज स्वदेशमा पाएको शिक्षा उनीहरूका लागि अजीर्णम् भोजनम् विषम् भइरहेको छ ।
अबको शिक्षा कस्तो होस् ? कस्तो शिक्षाले युवा जनशक्तिलाई स्वदेशप्रति मोह जागरण गराउँछ ? स्वदेशको श्रममा रमाउने कसरी बनाउन सकिन्छ ? स्वदेशमै रोजगारीका बहु आयमिक सम्भावनाहरू पहिचान गरी आफ्नो रूची, क्षमता, दक्षता अनुसार स्वरोजगार छनोट गर्ने कसरी बनाउन सकिन्छ ? राष्ट्रोन्नति नै मेरो जन्मको ध्येय हो भन्ने राष्ट्रियताको भावना भएका नागरिक कसरी निर्माण गर्न सकिन्छ ? यस्ता प्रश्नहरूको खोजीका लागि राष्ट्रव्यापी बहस चलाउन आवश्यक छ । बहस चलाउनु भनेको औपचारिकताका लागि हुनुहुँदैन, ठोस प्राप्तिका लागि हुनु पर्दछ ।
भौगोलिक विसमता भएको हाम्रो देशका लागि तदनुुरूपकै शैक्षिक पाठ्यक्रम निर्माण हुन आवश्यक छ । आफ्नो लामो शैक्षिक क्षेत्रको अभ्यास र अनुभवहरूले मलाई अबको शिक्षा पूर्णरूपमा गरेर सिक्नुपर्ने होस् भन्ने निर्देश गरेको छ । लामालामा बोझिला पाठ्यक्रम राखेर लामो अवधिका वर्षहरूमा कक्षा सञ्चालन गर्दैमा उपयोगी शिक्षा प्राप्त हुँदैन । लामा कार्यक्रमहरूले विद्यार्थीहरूमा निराशा मात्र जन्माउँछ । आफ्नो रूची अनुसार विद्यार्थीले प्राथमिक तहबाटै गरेर सिक्ने वातावरण पाठ्यक्रमले निर्धारण गर्नुपर्दछ । तहगत रूपमा तपसिल अनुसारका सिपमा आधारित भौगोलिकता र सम्भाव्य स्थानहरूलाई केन्द्रमा राखेर शिक्षा दिने वातावरण बनाउनु पर्दछ ।
तपसिल
– सिकाइ बोझिलो होइन रमाइलो हुनुपर्दछ । सिकेको ज्ञानभित्र ऊ रमाउन सकोस् । रमाइलो क्षण जीवनसँग जोडियोस् । बालबालिका कसरी रमाउँदै सिक्छन् भन्ने कुराको सिप अबका हरेक शिक्षकमा अनिवार्य रूपमा हुन आवश्यक छ । नेपाल कृृषि प्रधान देश भएका कारण हरेक नेपाली बालबालिकाहरू बाल्यकालदेखि नै कृषिसँग परिचित हुनुपर्दछ । यसका लागि कक्षा १ देखि कक्षा ४ सम्मका बालबालिकाहरूलाई हप्तामा एकदिन पूmलबारीमा तथा करेसाबारीमा बिरुवा बनाउने, बिरुवा रोप्ने, गोड्ने, हेरचाह गर्ने जस्ता सिपयुक्त कार्य गराउनुपर्दछ । त्यसैगरी उनीहरूमा के सिप छन् ? ती सिपमा आधारित सिर्जनाहरू प्रत्यक्षरूपमा खोज्ने तथा उनीहरूलाई प्रोत्साहन दिने कक्षा सञ्चालन गर्नुपर्दछ ।
यस्ता कार्यका लागि विद्यालयहरूले करेसाबारी तथा कार्यशालाको अनिवार्य व्यवस्थापन गर्ने सरकारले वातावरण सिर्जना गर्नु पर्दछ । विद्यार्थीले उत्पादन गरेका वस्तुहरूलाई अभिभावकको उपस्थितिमा प्रदर्शनीका कार्यक्रम राख्ने, उनीहरूलाई नै उपभोग गराउने गर्नु पर्दछ । उत्पादित वस्तुलाई बिक्री गरेर प्राप्त रकम तिनै विद्यार्थीहरूलाई चाहिने आवश्यक शैक्षिक सामग्रीका लागि खर्च गर्नु पर्दछ । यस्तो कार्यले बालबालिकाहरूमा श्रम, उत्पादन र आपूmले उत्पादन गरेका वस्तुप्रति गर्व र मोह बढेर जान्छ । लगनशील भई कार्य गरेका आधारमा विषयगत अङ्क दिने व्यवस्था गरिनुपर्दछ ।
– कक्षा ५ देखि कक्षा ७ सम्मका विद्यार्थी व्यावसायिक शिक्षा लिन सक्षम हुन्छन् । यी कक्षामा अध्ययन गर्ने विद्यार्थीहरूलाई हप्तामा एकदिन (कक्षा अनुुसार फरक दिन तोकी) मौसम अनुसारका कृषि तथा पशुपालनका कार्यमा अनिवार्य सहभागी गराउनु पर्दछ । विद्यालयले कृषकहरूसँग समन्वय गरी कामको निम्नतम् पारिश्रमिक समेत पाउने गरी कृषि तथा पशुपालनका कार्यमा प्रयोगात्मक कार्यका लागि खटाउनु पर्दछ । कार्यको सूचना स्वयम् विद्यार्थीले नै ल्याउने वातावरण बनाउनु पर्दछ । विद्यार्थीले प्राप्त गरेको कामको मूल्यवापतको रकम उनीहरू कै नाममा बैंक खाता खोली बचत गर्ने बानीको विकास गराउनु पर्दछ । यसका अतिरित्त ती कक्षाका विद्यार्थीहरूले आफ्ना घरमा आपैंmले उत्पादन गरेका तरकारी, फलपूmल आदि बिक्री गरी प्राप्त रकम बैंकमा जम्मा गरेको बैंक भौचर विद्यालयमा पेश गरेका आधारमा उसले विषयगत अङ्क प्राप्त गर्ने व्यवस्था गर्नुपर्दछ । यस किसिमको सिकाइले एकातिर विद्यार्थीहरूमा कृषि सम्बन्धी विज्ञता बढेर जान्छ भने अर्कातर्पm कृषकहरूको कम खर्चमा उत्पादन पनि बढेर जान्छ ।
– कक्षा आठदेखि कक्षा दसमा अध्ययन गर्ने विद्यार्थीहरू भविष्यमा आपूm के बन्ने ? मेरो रूची के हो ? भनेर पहिचान गर्न सक्छन् । अघिल्लो तहमा सिकेका पूर्व व्यावसायिक सिपका आधारमा तथा आपूmमा रहेको ज्ञान, सिप र रूचीका आधारमा आपूmलाई जीवनोपयोगी हुने विषयवस्तु छनोट गर्न सक्छन् । यसकारण विद्यार्थीले भविष्यको विषय छान्न सहज हुने किसिमको वातावरण अन्तर्गत कक्षा ८ देखि १० सम्म पढाइ हुने विद्यालयहरूमा साधारण र व्यावसायिक विभाग राखिनुपर्छ । प्राज्ञिक तथा खास विषयमा विशेषज्ञता अध्ययन गर्न चाहनेहरू साधारणतर्फ र विशुद्ध व्यवसाय गरी जीवनयापन गर्न चाहनेहरू व्यावसायिक विभाग अन्तर्गतको शिक्षा लिन्छन् । साधारण र व्यावसायिक दुवै विभागमा विद्यार्थीका चाहना, रूची आदिलाई समेट्ने गरी ऐच्छिक विषयहरूको व्यवस्था गरिनुपर्दछ ।
– कक्षा ११ र १२ कक्षामा पुगेपछि ती विद्यार्थीहरूले भविष्यमा के विषय लिएर पढ्ने र विशेषज्ञता हासिल गर्ने भन्ने रोजेर शिक्षा लिन पाउने पाठ्यक्रमको विकास गरिनुपर्दछ । कक्षा ११ र १२ कक्षा उत्तीर्ण गरिसकेपछि जो कोही युवा स्वरोजगार बन्न सक्नुपर्छ । त्यस किसिमको शिक्षाको आवश्यकता आजको माग हो ।
माथि उठाइएको विषयवस्तु उदाहरण मात्र हुन् । राज्यले निःस्वार्थ भावना भएका विषय विज्ञहरूको टोली बनाएर सर्वप्रथम कस्तो शिक्षानीति सम्बन्धी पाठ्यक्रम निर्माण गर्ने जिम्मेवारी दिइएको हो ? भन्ने स्पष्ट निर्देशन दिनुपर्दछ । यो भन्दा अगाडि पनि विज्ञहरूलाई नै पाठ्यक्रम निर्माणको जिम्मेवारी नदिएको होइन, तर विज्ञहरूका निजी स्वार्थ पाठ्यक्रमभित्र केही न केही लुकेका कारण प्रभावकारी बन्न नसकेको देखिन्छ । पुरानो पुस्ताले नयाँ पुस्ताका लागि योजना बनाउन्जेलसम्म समृद्धि नाम मात्रको हुन्छ । राम्रा भाषणका योजनाले नेपाली जनताका आँखामा छारो हालेको धेरै भयो । मदन भण्डारी कै तहको भाषण दिन धेरै बोक्रे भण्डारीहरू भाषण खिपिरहेका छन् । उनका भाषणका मर्मलाई व्यवहारमा उतार्नुको सट्टा म भण्डारी बराबरकै हुँ भन्ने भ्रम छर्न कोही मेचीकाली यात्रामा त कोही समृद्धिको यात्रा भन्दै हिँडिरहेछन् ।
के यात्रा र भाषणले गरीब नेपालीहरूको जनजीवनमा परिवर्तन ल्याउँछ ? २०४७ सालदेखि २०८० सालसम्म पनि उनै नेताहरूले एक न एक किसिमले नेतृत्व गरिरहेकै छन् । २०५१ साल मङ्सिर १३ गतेदेखि २०५२ भाद्र १२ गतेसम्मको नौ महिने शासनकालमा योजना र कार्यान्वयनसहितको शासन थियो । जनताले आशा गरे अनुुरूपका विकासका कार्यक्रम पनि थालनी भए । नौ महिना छाडेर बाँकीका ३३ वर्षहरूमा के योजनहरू आए ? अहिले भाषणका खेती गर्नेहरूले नयाँ के दिन सके ? युवालाई विदेश बेच्ने कामभन्दा नयाँ काम के नै भए ? केही गर्न नसक्नेले केही गर्लान् त ? अँह पत्याउने ठाउँ छैन । आना मानो घ्यू आएका कुरा आजका युवाका लागि दन्त्यकथा मात्र हुन्छ । भाषण, दौड आदि त देश र जनतालाई अलमल्याउने प्रपञ्च मात्र हुन् ।
आजका युवा योजना र कार्यान्वयनविहीन भाषणमा विश्वास गर्दैनन् । तर, अस्ति आपूmले पनि विश्वास गरेका नेतागणको आलोचना पनि गर्दैनन् । उनीहरू निर्वाचनका समयमा पनि आप्mना नेताका बिरुद्धमा बाहिरी रूपमा लाग्दैनन् । गोप्य मतका माध्यमले भित्रभित्रै काम नलाग्ने वस्तु फाले जस्तै फालिदिन्छन् । आजका युवा आप्mना लागि आपैंm योजना तयार गर्न चाहन्छन् । राज्यले योजना निर्माण र कार्यान्वयन गर्नसक्ने शिक्षा नीति निर्माण गरोस् भन्ने चाहना राख्छन् ।
नेपाली माटो आपैmं उर्वर छ । नेपाली माटोले कुनै पनि बीऊ पायो भने उमार्ने र फल फलाउने क्षमता राख्छ । हाम्रो देशको सरकार र विश्व विद्यालय मरुभूमिमा कृषिको विकास हेर्न र अवलोकन गर्न युवालाई खाडी मुलुकहरूमा र इजरायल जस्ता मुलुकहरूमा विद्यार्थी पठाउँछ । यो एउटा उदाहरण मात्र हो । उर्वर माटोका धनी नेपालीले कृषि कर्म सिक्न जानुपर्ने यो विडम्वनाको अन्त्य कहिले हुने ? कृषि अनुसन्धानका लागि गएका नेपाली विद्यार्थीहरूको कारुणिक हत्याको जिम्मेवार नेपाल सरकार पनि प्रकारान्तरले बन्दैन र ? मृतकलाई हार्दिक श्रद्धाञ्जलि र परिवारलाई समवेदना दिँदैमा जिम्मेवारी पूरा हुन्छ ?
खाडी मुलुकमा नेपाली युवायुवतीहरू हिमाली पसिना बगाइरहेका छन् । मरुभूमिमा पानी पिउन नपाएर छटपटिरहेका छन् । हाम्रा छोराछोरीका रगत पसिनाले विदेशी माटो उर्वर बनिरहेको छ । यता युवाविहीन नेपाली वस्ती उजाड र उराठ लाग्दो बनिरहेको छ ।
माथि उठाइएका समस्याको समाधान नेपाली माटा सुहाउँदो व्यावहारिक र व्यावसायिक शिक्षाबाट मात्र सम्भव छ । गरेर सिक्ने सिप बिनाको शिक्षाले अबको युवा स्वरोजगार बन्दैन । रोजगारी सिर्जना गर्नु राज्यको दायित्व हो । विद्यालय तह र क्याम्पसतहमा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरू तहगत शिक्षा पूरा नगरी पासपोर्ट बनाएर विदेशिने दौडमा लागेका कारण विद्यालय र कलेजहरू विद्यार्थीविहीन बन्दै गएका छन् । हाम्रा युवाहरूका लागि हाम्रो शिक्षा नीति बोझिलो र अव्यवहारिक बन्न पुगेको छ । यतिसम्म कि प्राविधिक शिक्षा पनि विदेशमा राम्रो रोजगारी पाइने आशमा मात्र लिइरहेका छन् । विद्यालय र विश्व विद्यालयकै शिक्षा पूरा गरेर पनि उनीहरू यहाँ बसेर काम गर्न रुचाउँदैनन् । उनीहरू यहाँ जीवनयापन गर्ने अवसर छैन भन्ने निष्कर्षमा पुगेका छन् त्यसैले उनीहरू पनि विदेशिनै चाहन्छन् ।
यी सबै समस्याको समाधान राज्यले खोज्नुपर्छ । तर, राज्यको उपल्लोतहमा रहेका कथित जिम्मेवार नेतृत्व वर्ग भाषण बाँडेर जनतालाई आजित पारिरहेका छन् । राज्यको चौथो अङ्गका रूपमा रहेको नेपाली पत्रकार जगतका आपूmलाई महान् पत्रकार ठान्ने पत्रकारहरू नेताहरूलाई निरर्थक प्रश्न सोधेर गौरवानुभूति गरिरहेका छन् । रोजगारी सिर्जनाको, विकास निर्माणका गतिविधिहरूका तथा भावी योजनाहरूका बारेका उनीहरू प्रश्न सोध्दैनन् मानौं त्यहाँ मजा छैन । कसरी जनता भड्काउने, कसरी नेतृत्वलाई आप्mनो प्रभावमा राख्ने यही ध्याउन्न छ उनीहरूमा पनि । आप्mनो गुणगानमा रमाउने नेतृत्व र नेतृत्व रिझाउने पत्रकारका कारण पनि आज देश आक्रान्त बनेको छ । अबको विश्व २१औं शताब्दीका युवाको नेतृत्व खाजिरहेछ । २१ औँ शताव्दी सुहाउँदो शिक्षा नीति युवाले मात्र निर्माण गर्न सक्छ । युरानो पुस्ताको जुठोमा रमाउने युवाको पनि अब अध्याय समाप्त नै हुनुपर्दछ । आपूm विद्रोह गरेर नेतृत्वमा आउन नसक्ने र क्षमतावान् युवाहरूलाई अघि बढ्न नदिने स्वार्थका सागरमा डुबुल्किन सिपालु कथित युवा नेताले पनि क्षमता भएका युवाहरूलाई ठाउँ दिनु पर्दछ कि विद्रोही नै बन्नु पर्दछ ।
युवा दिग्भ्रमित हुने कारण पनि स्वावलम्वी शिक्षा कै अभाव हो । सधैँ आप्mनो गुणगान गाउन रमाउने युवा निर्माण गर्नु बाहेक आजको नेतृत्वले अरू के नै गरेको छ ? उही पुरानो शिक्षा नीति लादेर युवावर्गलाई आजित पार्नु बाहेक के नै गरिएको छ ? यस्ता सवालहरूको जवाफ वर्तमान शिक्षा नीतिले दिन सक्दैन । व्यवस्था राम्रो छ भनेर गुणगान गाउने नेतृत्वमा समाजवादी कार्यक्रम ल्याउन सक्ने परिवर्तनको आवश्यकता छ । परिवर्तन नारा र भाषणमा केन्द्रित गराउनेहरूबाट सम्भव छैन । हाम्रो वर्तमान शिक्षाले नायक होइन खलनायक जन्माइरहेको छ । प्रगतिवादी तथा समाजवादी नेतृत्व रोजगारमूलक शिक्षाले मात्र जन्माउँछ, अब ढिला नहोस् ।