दूधेमा चासोक तङनाम पर्व भव्यताका साथ मनाइने

0
6

कमल ।

झापाको शिवसताक्षीस्थित दूधेमा चासोक तङनाम पर्व भव्यताका साथ मनाइने भएको छ । किराँत याक्थुङ चुम्लुङ शिवसतासी नगरको आयोजनामा पौष ९ र १० गते दूधे रङ्गशालामा चासोक तङ्नाम पर्व मनाइने विहीबार पत्रकार सम्मलेन गरी आयोजक किराँत थाक्थुङ चुम्लुङ शिवसताक्षीले जानकारी गराइएको हो ।

आयोजक संस्थाले सञ्चालन दुधेमा मनाइने चासोक तङ्नाम पर्व नेपालकै ठूलो हुने दावी गरेको छ । कार्यक्रम सम्पन्न गर्न आठ लाख रुपैयाँ खर्चको अनुमान गरिएको किराँत याक्थुङ चुम्लुङ शिवसताक्षीका अध्यक्ष वीरबल जबेगुले जानकारी दिए ।

शिवसतासी नगरपालिका, स्थानीय संघसंस्था र सहयोगी दाताहरू बाट प्राप्त सहयोग रकमबाट कार्यक्रम सम्पन्न गर्ने जबेगूले बताए ।

कार्यक्रमको उद्घाटन पौष ९ गते नगरप्रमुख मेगाहाङ्ग थोप्राले गनुे र १० गते संघीय सांसद एलपी साँवा लिम्बू प्रमुख अतिथिको रुपमा रहने आयोजक किराँत याक्थुङ चुम्लुङ शिवसताक्षीले जनाएको छ ।

कार्यक्रम सबै समुदायको साझा भएकाले च्याबरुङ नाच, सन्थाल नाथ, मारुनी नाच लगायत विभिन्न जातजातिका नाचहरू प्रस्तुत गरिने । धनुषकाँड, छेलो हान्ने खेललगायतका प्रतियोगिताहरूको आयोजना गरिने अध्यक्ष जबेगुले जानकारी दिनु भयो । कार्यक्रमका लागि ८० हजारको लागतमा लिम्बू समुदायको मौलिक घर निर्माण गरिने समेत जबेगुले बताए ।

कार्यक्रममा लिम्बू जातिका भेषभुषा प्रदर्शनी, जातीय नृत्य, राष्ट्रिय कलाकार हिमाल सागर, सविना नेम्वाङ लगायत स्थानीय बेन्डहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न विभिन्न विधामा समिति गठन गरिएको छ । जसमा आर्थिक संयोजक सन्तोष थोप्रा, मौलिक घर संयोजक प्रेम सेर्मा, टेन्ड संयोजक भिम लिवाङ्ग, कार्यक्रमस्थल मिलाउने संयोजकमा प्रकाश साँवा, ड्रम साउण्ड संयोजक शिशिर तुम्बापो रहेको आयोजक समितिका सचिव प्रेम सेर्माले जानकारी दिए ।

कार्यक्रममा सहयोगी संस्थाहरूमा नानीफङ्वा चुम्लुङ, सतासीधाम जेसीज, दुधे बजार विकास समिति, आइतबारे बजार विकास समिति, लाइन्स क्लब अफ शिवसतासी, रेडक्रस, शिक्षक मञ्च, प्याब्सन शिवसतासी रहेका छन् ।

चासोक तङ्नाम लिम्बू समुदायले महान चाडको रुपमा मनाउँदै आएको चाड हो । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात उँधौली पूजा पनि भन्ने गरिन्छ । उँधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।

लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ। लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्बा भनेर चिनाउने गरेका छन् । किराँत समुदाय अनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।

धरमपुरमा नगरप्रमुख थोप्रा द्वारा चासोक तङनाम पर्वको उद्घाटन

शिवसताक्षी नगरपालिका वडा नम्वर १ धरमपुरमा सुरु भएको चासोक तङनाम पर्वको एक कार्यक्रममा बिच नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका थिए ।

किराँत याक्थुङ चुम्लुङ शिवसतासी १ नम्बर वडाले आयोजना गरेको चासोक तङ्नाम पर्वको सहआयोजक वडा नम्वर २,३ र ८ रहेका छन् ।

कार्यक्रममा विभिन्न राष्ट्रिय तथा स्थानीय कलारकोको प्रस्तुती रहने चासोक तङ्नाम पर्व पुष ११ गते सम्म सन्चालनहुने कार्यक्रममा संयोजक शिव सेर्माले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here