पत्रकार जीएन शर्मालाई मातृशोक

0
8

झापा । नेपाल पत्रकार महासंघ झापाका सदस्य जीएन शर्मा ‘उप्रेती’लाई मातृ शोक परेको छ ।
मेचीनगर ६ निवासी उप्रेतीकी आमा गायत्रादेवी उप्रेतीको ९२ वर्षको उमेरमा निधन भएको हो । १९८८ सालमा जन्मिएकी उप्रेतीका तीन छोरा र चार जना छोरी रहेका छन् । पत्रकार शर्मा स्व. उप्रेतीका कान्छा छोरा हुन् । उनी चौतारी पोष्ट अनलाईनका सम्पादक समेत रहेका छन् ।
स्व. उप्रेतीका तीन छोरा बुहारीहरुमा देवीप्रसाद – देवका उप्रेती, टिकाराम– खिनकुमारी उप्रेती र जीएन शर्मा रहेका छन् ।
त्यस्तै चार छोरीहरुमा चन्द्रकलादेवी, तुलसा, हरिमाया र धनमाया उप्रेती रहेका छन् ।
स्वा. उप्रेतीका श्रीमान् जयप्रसाद उप्रेतीको यस अघि नै निधन भएको बताइएको छ ।
स्व. उप्रेतीको दशगात्रा कर्म हाल गौरादह नगरपालिकास्थित ग्वालडुब्बामा जेठा छोराको घरमा भइहरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here