सामाजिक सञ्जालको जालो

0
5

मैले कारणवश सधैँजसो बिहान ४/५ बजेदेखि सुन्दै आएको रेडियो सुन्न नपाउँदा केही दिनको रेडियो नेपाल, कान्तिपुर, पाथीभरा एफएम लगायतबाट प्रशारित धार्मिक कार्यक्रम छुटेको थियो । त्यसमध्ये फेसबुक लाइभमा प्रशारित हुने र पुनः चाहेको समयमा सुन्न सकिने एफएम रेडियो मोबाइल मार्फत घरमा इन्टरनेटको सुविधा भएकाले सुन्ने निर्णय गरेँ र मोबाइल हात लिएंँ ।

एक दिनको कुरा हो । बिहानको करिब ७ बजेको थियोे । हातमा रहेको स्क्रिन टच स्मार्टफोनमा नेट जोड्दै सामाजिक सञ्जाल फेसबुक खोले । खोल्नसाथ कसैको तस्वीरसहित श्रद्धाञ्जली लेखेको एउटा पोष्ट देखेँे । एकछिन अडिएर हेरेँ, चिनेको कुनै फेसबुक साथीको आफन्तको निधनमा श्रद्धाञ्जली/समवेदना व्यक्त गरिएको थियो । मैले सोचेँ हार्दिक श्रद्धाञ्जली लेखौं र सुन्नेतर्फ लागौँ ।

यसपछि तल कसैको जन्मदिनमा शुभकामना व्यक्त गरिएको अर्को पोष्ट थियो । मलाई शुभकाना दिएर अघि बढौं भन्ने लाग्यो, मैले पनि कमेन्टमा ‘ह्याप्पी बर्थ डे’ लेखेँ । लगत्तै एक परिचित मित्रको तत्काल हालेको नयाँ लोक गीतको म्युजिक भिडियो देखाप¥यो । मलाई लाग्यो– उनले कस्तो गीत गाएछन्, ल्याएछन् केही अंश सुनेर अघि बढौं ! युट्युव मार्फत सार्वजनिक उक्त गीत रमाइलो लाग्यो पुरै सुनेँ, हेरेँ शेयर पनि गरिहालेँ ।

यसबेलासम्म मैले के गर्न लागेको हो, उद्देश्य नै बिर्सिसकेको थिए । अब केही अनलाइन समाचार हेर्न, पढ्न थालेँ । दुर्घटनाका दुःखद् खबरहरु हेरेर निधनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै म समय व्यतीत गर्न थालेँ ।

यस्तै सामाजिक सञ्जालका असंख्य पोष्टहरु सार्दै कतै खुशी, भ्रमण, कतै वनभोज, विहेभोज कार्यक्रम आदि विभिन्न क्षणका, प्रगतिका बधाई र शुभकामना दिनमा म व्यस्त रहेँ । कहीँकतै सुन्दर शब्दले प्रशंसा गर्दै गएँ । यसरी म अब खुलेर छरपस्ट देखिएका स्टाटस र पेजका तिखा भनाइ, आक्रोश, व्यंग्य, आरोप–प्रत्यारोप, विचार उत्तेजक भनाइ, तस्वीर, भिडियो हेर्दै मनलाग्दी विचार गर्दै थिए । यसैबेला श्रीमतीले खाना खान बोलाइसकेकी थिइन् । मैले घडी हेरेँ, यतिबेर बिहानको ११ बजिसकेको रहेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here