चेप्टी पिकनिक गएको गाडी दुर्घटना, तीन जना घाइते

0
11

विमल दहाल, माई ।

इलामको माई नगरपालिका–२ गोरखेमा पिकनिक सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन ।

मोरङ्गको सुन्दर हरैचा- १२ वटा आज विहान पिकनिक आएको को १ ज ३७०६ नम्बरको म्याजिक भेन सडकबाट १५ मिटर तल खस्दा दुर्घटना भएको हो। हुस्सु लागेर बाटो अलमल्लिएका गाडी चालकले गाडी रोकेर स्थानीयलाई चेप्टी जाने बाटो सोध्न वाहिर निस्किएको समयमा गाडी गुडेर सडक भन्दा १५ मिटर तल खसेको थियो।

गाडी दुर्घटनामा सुन्दर हरैचा–१२ खोर्साने बस्ने ५६ वर्षीया विष्णुकुमारी खड्का, ५० वर्षीया कोपिला कार्की र ५७ वर्षीया माया तामाङ सामान्य घाईते भएको प्रहरीले जनाएको छ । घाईतेको माई अस्पतालमा उपचार भईरहेको छ।

तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको रकमबाट रमाईलो गर्न हेप्पी ड्रिम्स चेप्टी गएका १४ जना ज्येष्ठ महिलाहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here