ब्राउन सुगर सहित एक जना पक्राउ

0
6

मोरङ ।

मोरङको बिराटनगर महानगरपालिका-१५ ढाट स्थितबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री दिप्रुङचुइचुम्मा गाउँपालिका–४ खोटाङका २५ बर्षीय मिलन राईलाई शंका लागेर चेक जाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउनसुगर ८६ मिलिग्राम फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here