चीनको कोइला खानीमा दुर्घटना भई दुई सय ४५ जनाको मृत्यु

0
5

काठमाण्डौं ।

उत्तरपूर्वी चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। अन्य १३ जना घाइते भएका छन्।

स्थानीय समय अनुसार बुधवार दिउँसो ३ः५० बजे हेइलोङजियाङ प्रान्तको जिक्सी सहरको बाहिरी भाग स्थित कोईला खानीमा दुर्घटना भएको राज्य प्रसारक सिसीटिभीले जनाएको छ।

दुर्घटनामा १२ जनाको मृत्यु तथा १३ जना घाइते भएको तथा घाइतेलाई उपचारको लागि अस्पताल पठाएको तथा थप अनुसन्धान भइरहेको सिसीटिभीले जनाएको छ।

आधिकारिक तथ्याङ्क अनुसार गत वर्ष मात्र एक सय ६८ वटा खानी दुर्घटनामा दुई सय ४५ जनाको मृत्यु भएको थियो।

गत नोभेम्बरमा हेलोङजियाङस्थित कोइला खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो ।

यसैगरी सेप्टेम्बरमा चीनको गोन्झाउ प्रान्तको एक कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको थियो। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here