पाकिस्तानःइमरानखान सर्वोच्च अदालतको शरणमा

0
5

काठमाडौं ।

पाकिस्तानमा चुनाव नजिकिँएसँगै राजनीतिक सरगर्मी बड्दै गएको छ । सार्वजनिक पदमा बस्न अयोग्य घोषित गरिएका पूर्व प्रधानमन्त्री इमरान खानलाई भने मुस्किल पर्ने देखिएको छ ।

तोशखाना मुद्दामा सजायकाटिरहेको इमरान सजाय रद्द गर्न मागगर्दै सर्वोच्च अदालत पुगेका छन् । उनलाई तल्लो अदालतबाट ३ वर्षको जेल सजाय र एक लाख पाकिस्तानी रुपैयाँ जरिवाना तोकिएको छ ।

उनलाई तल्लो अदालतका न्यायाधीशहरुले तोशखाना मुद्दामा भ्रष्टाचारको अभियोगमा दोषीठहर गरेका थिए । अदालतले खानलाई पाँच वर्षसम्म कुनै पनि सार्वजनिक पदमा बस्न अयोग्य घोषित गरेको छ ।
अदालतको यो निर्णय विरुद्ध अधिवक्ता सरदार लतिफखोसा इमरानको तर्फबाट सर्वोच्च अदालत पुगेका छन् । खानको कानुनीटोलीले डिसेम्बर २३ मा सर्वोच्च अदालतका रजिस्ट्रारलाई पनिअपील गरेको थियो । अदालतको आदेशका कारणखानले अब चुनावलड्न पाउँदैनन् ।

तोशखानाप्रकरण के हो ?

पाकिस्तानको कानूनअनुसार, विदेशी राज्यकागणमान्यव्यक्तिहरूबाटप्राप्तकुनै पनि उपहार राज्य डिपोजिटरी अर्थात् तोशाखानामा राख्नुपर्छ । यदि राष्ट्र प्रमुखले उपहार राख्नचाहन्छभने, उसले यसको मूल्य बराबरको रकमतिर्नुपर्नेछ ।

यो लिलामीप्रक्रियामार्फत निर्णय गरिन्छ । यीउपहारहरू कि त तोशााखानामा जम्मा हुन्छन् वालिलामी गर्न सकिन्छ र यसबाटकमाएको पैसा राष्ट्रिय कोषमा जम्मा हुन्छ । सन् २०१८ मा सत्तामाआएका इमरानखानले आधिकारिक भ्रमणकाक्रममाकरिब १४ करोड रुपैयाँ बराबरका ५८ उपहार पाएका थिए ।

यीमहँगाउपहारहरू तोशाखानामाजम्मा गरिएका थिए । पछि इमरानखानले सस्तो मूल्यमा तोशखानाबाट किनेर बजारमा चर्को मूल्यमा बेचेका थिए । उनले यो सम्पूर्ण प्रक्रियाका लागि सरकारी कानूनमापनि परिवर्तन गरे ।
इमरानले तीउपहारहरू तोशखानाबाट २.१५ करोडमाकिनेका थिए र बेचेर ५.८ करोड रुपैयाँ नाफा कमाए । उपहारमा एउटा ग्राफ घडी, कफलिङ्कको एक जोडी, महँगो कलम, एउटाऔंठी र चारवटा रोलेक्स घडीहरू पनि थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here