बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा मैनालीको उम्मेदारी रहने

0
7

झापा, फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि अध्यक्ष पदमा अर्जुनकुमार मैनालीलाई उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीको विस्तारित भेलामा मैनालीले संघको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । हाल उनी संघको महासचिव रहेका छन् ।
पूर्वअर्थमन्त्री समेत रहेका सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमकाबीच उम्मेद्वारी घोषणा गरिएको थियो । उनले संघको अध्यक्ष पदका लागि आफ्नो उम्मेद्वारी रहने घोषणा गर्दै व्यवसायीको हितमा काम गरेर वाणिज्य संघप्रति विश्वासको वातावरण बनाउने प्रतिबद्धता गरे ।
अघिल्लो चुनावमा महासचिवमा संयुक्त प्यानलका अर्जुनकुमार मैनालीले लोकतान्त्रिकका रविन्द्र भट्टराईललाई २६ मतले पराजित गरेका थिए । मैनालीले एक हजार ८४३ मत प्राप्त गरेका थिए ।
संघको निर्वाचनमा ६ हजार मतदाता हुने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here