बाह्रदशीको गाउँ सभा तथा अधिवेशन

0
9

झापा ।

झापाको बाह्रदशी गाउँपालिकाको १४औं गाउँ अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता तथा सञ्चालन बाह्रदशी गाउँपालिकाका अध्यक्ष देवीन्द्रप्रसाद चम्लागाँईले गरेका थिए ।

गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि ऐन २०७५को दफा ३ बमोजिम गाउँ सभाको १४औ अधिवेशन सम्पन्न गरिएको हो ।

वडा नम्वर ४का वडाध्यक्ष महताव आलमले स्वागत गरेको कार्यक्रममा युवराज ढकाल, गंगाराम धिताल, बलबहादुर बानियाँ, विजयप्रकाश अधिकारी, जय तिम्सिना र मिलन संग्रौलाले बोलेका थिए । सभामा अर्धवार्षिक विषय समितिका सदस्यहरूले प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

यता न्यायिक समितिको प्रगति प्रतिवेदन बिजय अधिकारी, अनुगमनको लक्ष्मीकुमारी निरौला, लेखाको पुण्यप्रसाद ढुङ्गेल, कृषि÷पर्यटन तथ प्राकृतिक श्रोततर्फको बिजयकुमार गणेश, तालिम तथा क्षमता विकासको हेमलाल दाहाल, बिधान समितिको ढुकाकुमारी बिक र सामाजिक विकास समितिको पञ्चानन् राजवंशीले प्रस्तुत गरेका थिए ।

सामाजिक विकास समितिको गंगाराम धिताल र अन्य सम्पूर्ण बिषयहरूको जबाफ बाह्रदशी गाउँपालिकाका प्रवक्ता टेक बहादुरसिंह राजवंशीले दिएका थिए । सात वटै वडामा संशोधन गरिएको बजेटलाई सभामा प्रस्तुत गरी सर्वसम्मतिले पारित गरिएको थियो । यस्तै गाउँपालिकाबाट बिनियोजित बजेटमा गरिएको संशोधनलाई समेत गाउँपालिकाको अधिवेशनले सर्वसम्मतिमा पास गरिएको थियो ।

आर्थिक बर्ष २०७६/०७७, ०७७/०७८, ०७८/०७९ र ०७९/०८० मा भएका बेरूजु नियमित गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले बताए । १४औं गाउँसभामा यस बर्षका उत्कृष्ट कर्मचारीलाई सम्मान र आगामी बर्ष पुरस्कृत हुने कर्मचारीको नाम प्रस्ताव गरिएको थियो ।

यसपटक पुस्कृत हुने कर्मचारीहरूमा सुस्मिता मैनाली, पर्शुराम राजवंशी, खड्ग नारायण राजवंशी, शान्ता श्रेष्ठ र शिला कटुवाल रहेका छन् । यस्तै २०८०/०८१मा पुस्कृत हुने कर्मचारीहरूमा हिमाल सुवेदी, नारायण खरेल, हिमाल रेग्मी र गोमा निरौला रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here