चिनियाँ ड्रोन नीति सम्पूर्ण इन्डो प्यासिफिक क्षेत्रका लागि खतरा

0
4

काठमाण्डौं ।

अमेरिकाले चीनको बढ्दो ड्रोन शक्तिलाई ठूलो खतराको रूपमा हेरिरहेको छ। चीनको सेना टेक्नोलोजिकल रूपमा आफूलाई अपग्रेड गर्नमा व्यस्त छ, जसका कारण अमेरिकी एजेन्सीहरूले ताइवान र सैन्य अड्डाहरूमा अमेरिकासँग प्रतिस्पर्धा गर्न गरिरहेको महसुस गरेका छ्न ।

चीनले पनि इन्डो(प्यासिफिक क्षेत्रमा नजर राख्ने आफ्नो क्षमता बढाइरहेको छ, त्यसैले यो भारतका लागि पनि चिन्ताको विषय हो। तर, भारतीय सेना दिनप्रतिदिन शक्तिशाली बन्दै गएको छ र अहिले आफ्नो सैन्य शक्ति बढाउन आत्मनिर्भरता बढाएको छ ।

चीनको ड्रोन शक्तिलाई अमेरिकाले किन चुनौती भन्यो ?

अमेरिकी अखबार वाशिंगटन पोस्टले अप्रिल १८ मा एउटा रिपोर्ट प्रकाशित गर्‍यो, जसमा नेशनल जियोस्पेशियल एजेन्सीको गोप्य दस्तावेजमा चिनियाँ सेनाले ताइवान र सेनामा रहेका अमेरिकी युद्धपोतहरूसँग प्रतिस्पर्धा गर्नका लागि आफ्नो प्राविधिक शक्ति बढाउँदैछ भनी भनिएको थियो।

रिपोर्टमा भनिएको छ कि कागजातहरूले अगस्ट ढ को एक स्याटेलाइट छवि पनि देखाउँछ कि जसले पूर्वी चीनको सांघाई भित्र घछण् माईल भित्र रहेको सैन्य आधारमा दुई ध्श्(ड रकेट चालित ड्रोनहरू देखाउँदछ,। यी ड्रोनहरू अत्याधुनिक निगरानी प्रणालीहरूसँग सुसज्जित छन्, जसले चीनलाई वास्तविक(समय म्यापिङ डेटा सङ्कलन गर्न र भविष्यका द्वन्द्वहरूको लागि रणनीतिहरू तयार गर्न मद्दत गर्न सक्छ।

चीनले इन्डो–प्यासिफिक क्षेत्रमा नजर राखेको छ

चीनले सम्पूर्ण इन्डो(प्यासिफिक क्षेत्रमा नजर राख्ने आफ्नो क्षमता बढाउँदैछ, त्यसैले सैन्य क्षेत्रमा उसको बढ्दो शक्ति ताइवान र अमेरिकाका लागि मात्र होइन, भारतलगायत सम्पूर्ण इन्डो(प्यासिफिक क्षेत्रका लागि खतरा हो। भारतले सिमानामा चीन र पाकिस्तानसँग सामना गर्न मानवरहित एरियल भेहिकल ९यूएभी० प्रणालीको स्तरोन्नति गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here