पोखरामा बिना अनुमति ड्रोन उडाएको आरोपमा एकजना चिनियाँ नागरिक पक्राउ

0
5

काठमाण्डौं ।

पोखरामा बिना अनुमति ड्रोन उडाएको आरोपमा एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २५ वर्षीय चेन देङ सेन रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार पोखरा महानगर– १, टुँडिखेलमा अनुमतिबिना ड्रोन उडाइरहेको सूचनाका आधारमा सेनलाई पक्राउ गरिएको हो ।

उनलाई ड्रोनसहित नियन्त्रणमा लिएर नेपाल नागरिक उड्ड्यन प्राधिकरण पोखरा पठाइएको उनले जानकारी दिए । अनलाइन खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here