चीन र भारतले रुसबाट तेलकाे आयात बढाए

0
6

काठमाण्डौं ।

रुसले पश्चिमा देशहरूको प्रतिबन्धका बीच तेल र ग्यासको राजस्व सन् २०२१ अघिकै अवस्थामा पुगेको बताएको छ ।

सन् २०२१ मा रुसले युक्रेनमाथि आक्रमण शुरु गरेपछि अमेरिका र युरोपेली देशहरूले रुसी तेल र ग्यासमाथि प्रतिबन्ध लगाएका थिए । त्यसको असर सन् २०२२ मा देखिएको भए पनि सन् २०२३ मा सन् २०२१ अघिकै अवस्थामा राजस्व प्राप्त भएको रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले बताउनुभएको एएफपीले जनाएको छ ।

सन् २०२३ मा रुसले तेल र ग्यासबाट ९८ अर्ब अमेरिकी डलर प्राप्त गरेको छ । यो कुल गार्हस्थ्य उत्पादनको २७ प्रतिशत हो । रुसी तेल र ग्यासको निर्यात बढ्नुमा चीन र भारतले रुसबाट तेलको आयात बढाउनु हो ।

यसअघि रुसबाट तेल आयात नै नगर्ने भारतले आफूले आयात गर्ने तेलको ४० प्रतिशत रुसबाट आयात गर्न थालेको छ । भारतले रुसबाट कच्चा तेल आयात गरेर प्रशोधन गरेको तेल युरोपमा समेत पठाउन थालेको छ । यस्तै चीनले रुसबाट तेलको आयात ५० प्रतिशतसम्म बढाएको छ ।

उपप्रधानमन्त्री नोभाकले सन् २०२३ मा धेरै प्रतिबन्ध लागे पनि रुसी ऊर्जा उद्योगको सफलतापूर्वक विकास भएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here