चिल्ड्रेनमा ‘सिइएस कवि सम्मेलन’

0
6

बिर्तामोड ।

झापाको बिर्तामोडमा सीइएस कवि सम्मेलन–२०८० भएको छ । बिर्तामोड–१स्थित चिल्ड्रेन इन्भारोमेन्ट स्कुलमा कवि सम्मेलन भएको हो ।

आइतबार कबिता वाचन तथा लेखन प्रतियोगिताको आयोजना गरिएको थियो भने सोमबार पुरस्कार वितरण तथा बिशिष्ट अतिथि कवि सुदेश सत्यालद्वारा कविता वाचन गर्दै समापन गरिएको थियो ।

आफ्नो भाषा, साहित्य, कला र संस्कृतिको सम्वर्धन गरौं भन्ने मूल नाराका साथ बिगत तीन बर्षदेखि विद्यालयले कवि सम्मेलन गर्दै आएको प्रिन्सिपल सन्तोष सुब्बाले जानकारी दिए । उनले बिद्यार्थीलाई पढाइको अलावा अतिरिक्त क्रियाकलाप अन्तर्गत साहित्य प्रति रुची र जागरुक गराउन कार्यक्रम आयोजना गरिएको बताए ।

कवयित्री तथा व्यक्तित्व विकास प्रशिक्षक लीला अनमोलको संयोजन तथा बाल क्लब अध्यक्ष जस्मिन चौहानको अध्यक्षतामा कार्यक्रम भएको थियो । बिर्तामोड नगर शिक्षा अधिकृत तिलचन भण्डारीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा अतिरिक्त क्रियाकलापका शिक्षक दीपक रायमाझी, नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष केशब भट्टराई, साहित्यकार तुलसीप्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालयले आयोजना गरेको कविता प्रतियोगितामा सिनियरतर्फ गरिमा धमला प्रथम, अञ्जली न्यौपाने दोस्रो र दिया पौडेल तेस्रो भएका थिए । त्यस्तै जुनियरतर्फ हिमालरत्न प्रसाई प्रथम, तृसना प्रधान दोस्रो र आलोक लुइँटेल तेस्रो भएको अतिरिक्त क्रियाकलापका कोर्डिनेटर दिनेशराज शर्माले जानकारी दिए ।

प्रिन्सिपल सन्तोष सुब्बाका अनुसार विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तरगर्त आर्ट, थिएटर, उद्घोषण, व्यक्तित्व विकास, मोडलिङ, हस्तलेखन लगायतका कक्षा सञ्चालन गरिरहेको छ । अघिल्लो बर्ष विद्यालयले कवि नवराज पराजुलीलाई अतिथिका रुपमा ल्याएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here