माँ लक्ष्मी सहकारीको १५ औं वार्षिक साधारणसभा

0
6

झापा, माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कोशी प्रदेशका प्रदेश सभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा बिर्तामोडस्थित अतिथि सदनमा सहकारीले वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सहकारीका अध्यक्ष देवेन्द्र कुमार सिंहले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले आर्थिक वर्ष २०७९÷०८० मा कूल आम्दानी एक करोड १७ लाख ४९ हजार ५ सय २७ रुपैंयाँ ६६ पैसा आर्जन गरेको बताए । सहकारीले सञ्चालन मुनाफा एक लाख ८६ हजार ४१ रुपैयाँ ६६ पैसा मात्र गरेको अध्यक्षको प्तिवेदनमा उल्लेख छ ।
सहकारीको शेयर पूँजी एक करोड ८७ लाख ९९ हजार ९ सय रहेको र आर्थिक वर्ष २०८०÷०८१ मा २ करोड शेयर पूँजी पु¥याउने लक्ष्य लिएको अध्यक्ष सिंहले बताए ।
सहकारीले ४५ करोड ४३ लाख ७२ हजार ५ सय २२ रुपैयाँ निक्षेप संकलन गरेको र ४७ करोड २७ लाख ४४ हजार ३ सय २८ रुपैयाँ निक्षेप फिर्ता गरेको बताइएको छ ।
सकारीका उपाध्यक्ष राजकुमार राजवंशीले स्वागत गरेको कार्यक्रममा प्रदेश संसद कार्की सहित बिर्तामोड वडा नम्वर ४ का वडाध्यक्ष राहुल शर्मा, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, बिर्तामोड नगरपालिका सहकारी शाखा प्रमुख डिल्ली दाहाल, सहकारीका संस्थापक अध्यक्ष धर्मराज माझी, अडानका अध्यक्ष होमनाथ उप्रेती लगायतले शुभकामनाा मन्तव्य राखेका थिए ।
कार्यक्रममा सहकारीका उत्कृष्ठ बचतकर्ताका रुपमा टिकादेवी मगर, असल ऋणी राजकिशोर माझी, कर्मचारी टिंकु साह, एसईईमा उत्कष्ठ अंक ल्याउने अनिल चौधरी र नेहा साहालाई सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन सहकारीका सचिव रमेश कुमार खतिवडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here