झापा नाटक घरमा ‘रिफण्ड’ मञ्चन हुँदै

0
8

बिर्तामोड ।

क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा रिफन नाटक मञ्चन हुने भएको छ।

क्षितिज नाट्य प्रतिष्ठानको झापा नाटक घरमा कक्षा ११ को अंग्रेजी विषयको पाठ्यक्रममा आधारित नाटक रिफन आगमी माघ १० गतेदेखि २४ गतेसम्म मञ्चन हुने सोमबार प्रतिष्ठानद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

क्षितिज नाट्य प्रतिष्ठानको नवनिर्मित झापा नाटक घर पहिलो पटक करिब १५ दिन मञ्चन गरिने नाटक रिफन दैनिक साढे ८ बजे, साढे ११ बजे, साढे २ बजे र साढे ४ बजेदेखि जम्मा चार सो प्रदर्शन गरिने क्षितिज प्रतिष्ठानका संयोजक माधव कल्पितले जानकारी दिए। विद्यालयका पाठ्यक्रममा आधारित भएकाले नाटक हेर्नु विद्यार्थी, शिक्षक, अभिभावक सबैका लागि उपयोगी र अपरिहार्य भएको बताए ।

बिर्तामोड -१ पञ्चकन्या देवी उत्तरमा रहेको नाटकघरमा मञ्चन हुने नाटकबाट भवन निर्माणलाई पूर्णता दिने उद्दृेश्य समेत लिइएको उनले बताए। करिब १२ देखि १५ हजार दर्शकले नाटक हेर्ने अनुमान गरिएको र वर्तमानमा शिक्षाको अधिकतम् उपयोग नभएको , विद्यार्थीमा पढाइप्रति उत्साह नभएको, शिक्षा प्रदायक संस्था पनि जिम्मेवार नदेखिएको विषय समेटिएको नाटकले कसरी शिक्षाको उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिएको व्यवस्थापन समिति ताराप्रकाश भट्टराईले बताए। नाटकमा प्रतिष्ठानका तथा अन्य कलाकारले अभिनय गरेका छन्।

अनुकूल समय पारेर सबैलाई नाटक हेर्न आयोजकले आग्रह गरेको छबहुजाती,बहुभाषी, बहुसांस्कृतिक संग्रहालयसहित झापा नाटकघरको निमार्णकार्य अभियान चार वर्ष पहिले शुरु गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here