भायानेटको अफर:‘बाइ वान गिफ्ट वान फ्रि’

0
6

बिर्तामोड ।

इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले ‘बाइ वान गिफ्ट वान फ्री’ एक किन्दा एक उपहार योजना ल्याएको छ ।
फाइबर इन्टरनेट, आईपीटीभी र एक्जिएस फाइबर टेक्नोलोजी कम्पनीले नयाँ जडान र नवीकरण गर्ने ग्राहकका लागि योजना ल्याएको हो ।

योजना अन्तर्गत इन्टरनेट सेवा नवीकरण गर्ने वा नयाँ जडान गर्ने ग्राहकले आफन्तलाई १२५ एमबीपीएसको तीन महिनाको प्याकेज सित्तैमा उपहार दिन सक्ने भएका हुन् । त्यस्तै ग्राहकले आफ्नो लागि थप एक महिनाको इन्टरनेट समेत निःशुल्क प्राप्त गर्न सक्ने भएका छन् ।

योजनामा सहभागी हुन भायानेटका ग्राहकले तीन, छ वा १२ महिनाको सदस्यता र १२५ एमबीपीएस वा सोभन्दा माथिका उच्च गतिको इन्टरनेट प्याकेज नवीकरण वा जडान गर्नुपर्ने कम्पनीले जनाएको छ ।

त्यसपछि ग्राहकले एसएमएस मार्फत उपहार भौचर कोड पाउने छन्, जुन चाहेको व्यक्तिलाई दिन सक्ने छन् । त्यसपछि उक्त कोडसहित भायानेटलाई सम्पर्क गर्दा १२५ एमबीपीएसको इन्टरनेट प्याकेज तीन महिनासम्मका लागि निःशुल्क रूपमा जडान गर्न सक्ने कम्पनीले जनाएको हो ।

आफन्तलाई उपहार भाउचर दिने ग्राहकले एक महिनाको लागि निःशुल्क इन्टरनेट पाउनेछन् । यस बाहेक भायानेटले तीन महिनाका लागि १२५ एमबीपीएसको इन्टरनेट प्याकेज दुई हजार सात सय रुपैयाँमा उपलब्ध गराएको छ ।

भायानेटका सेल्स एन्ड मार्केटिङ उपाध्यक्ष शहिन श्रेष्ठले यो आकर्षक योजना ल्याएको जानकारी दिए । उनले आफ्ना ग्राहकहरुको संख्या बढाउनुका साथै धेरै ग्राहकलाई फाइदा पु¥याउनका लागि भायानेटले विभिन्न समयमा उपभोक्ता लक्षित योजनाहरु ल्याउने गरेको जानकारी दिए ।

भायानेटले ग्राहक वृद्धि गराउनमा स्वयम् ग्राहकहरु सबैभन्दा ठूलो शक्ति र ग्राहक रेफरल मुख्य स्रोत रहँदै आएको निष्कर्ष निकालेर ग्राहक लक्षित योजनालाई अगाडि बढाएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here