बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

0
6

विराटनगर ।

मानसिक सन्तुलन गुमाएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

मोरङको केराबारीकी ती युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका–१ का २७ वर्षीय कूलबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो ।

ती युवकले मानसिक अवस्था ठिक नभएकी १८ वर्षीया युवतीलाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

बिहीबार साँझ ती युवकीलाई केराघारीमा लगेर युवतीलाई बलात्कार गरेको जानकारी पीडितकी आमाले प्रहरीलाई दिएकी छन् । उनकै किटानी जाहेरीका आधारमा प्रहरीले विश्वकर्मालाई पक्राउ गरेको हो । पीडितको स्वास्थ्य परीक्षणसहित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here