मेची आँखा अस्पतालमा ३६००० बिरामीको शल्यक्रिया

0
7

झापा । मेची आँखा अस्पतालले २ लाख ७६ हजार ८ सय ९३ जना विरामीको आँखा परीक्षण गर्दै ३६ हजार ३ सय ५८ जना विरामीको आँखाको शल्यक्रिया गरेको छ ।
वाहिरङ्ग सेवा अन्तर्गत एक लाख ९७ हजार ८ सय ७२ जना तथा आउटरिच कार्यक्रम अन्र्तगत ७९ हजार २५ जनाको आँखा जाँच गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीले बताए । अस्पतालमा गरिएको शल्यक्रिया मध्ये ६० दशमलव ३९ प्रतिशत विरामी मेतीयाविन्दूका रहेको डा. जोशीको भनाइ छ ।
उनका अनुसार २१ हजार ९ सय ५७ जना मोतीय विन्दू रोगीको सफल शल्यक्रिया गरिएको हो । मोतीयाविन्दु रोगीको शल्यक्रिया तर्फको वार्षिक वृद्धिदर ३ दशमलव ३१ प्रतिशत रहेको अस्पतालले जनाएको छ । अस्पतालले अति विशिष्ठ सेवाहरु तर्फ रेटिनाको शल्यक्रिया तर्फ ७ हजार ४ सय २ जना, कोर्नियाको शल्यक्रिया २ हजार ८ सय ५ जना अंक्लोप्लाष्टिको शल्यक्रिया तीन हजार ५ सय ९७ जना र अन्य शल्यक्रिया ६ सय २७ जनाको गरेको डा. जोशीले जानकारी दिए । अस्पतालले २७औं वार्षिकोत्सवको अवसर पारेर अस्पतालमा थप तीन वटा नयाँ सेवा शुरु गरेको छ ।
कर्निया एण्ड रिफ्याक्टिक युनिट सेवा, पिडियाट्रिक आई क्लिनिक र अर्थाेप्टिक्स सेवा शुरु गरेको हो । सेवाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गरेका थिए । मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अस्पतालका सदस्य चण्डीप्रसाद पराजुलीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि वस्नेत , कोशी प्रदेशका प्रदेशसभा सदस्य एकराज कार्की, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलमति राजवंशी, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, सामाजिक व्यक्तित्व लोकवन्धु कन्दङ्वा, डा. किशोर प्रधान, नेपाल अप्थामिक सोसाइटीका अध्यक्ष प्रा.डा. मिनु चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अस्पतालले वार्षिकोत्सवका अवसरमा नेपाल अप्थामिक सोसाइटीका अध्यक्ष प्रा.डा. मिनु चौधरी, राष्ट्रिय बीमा वोर्डका सदस्य लोलिम लिम्बू, नेपाल आँखा वैंकका निर्देशक शंख तोयानालाई सम्मान गरेको छ । त्यस्तै उत्कृष्ट कर्मचारीका रुपमा डा. इशा विष्ट, कविता कार्की कडरिया, श्रवण सरदार, मञ्जुरी राई, रुद्र मगर, दुर्गेश पासवान, देवी राई, सर्मिला श्रेष्ठ, सुस्मिता चम्लागाँई, कमला राजवंशीलाई सम्मान गरेको हो । अस्पतालका ९ वटा सेवा केन्द्रमध्ये भद्रपुर सेवा केन्द्रलाई उत्कृष्ट सेवा केन्द्रका रुपमा सम्मान गरेको छ ।
अस्पतालमा कार्यरत अवकास प्राप्त कर्मचारीका रुपमा गणेश राय, लक्ष्मण काफ्ले, बुद्धि तामाङ, इष्टबहादुर ठटाल, कटकबहादुर वस्नेत, एलबहादुर गौतमलाई सम्मानसहित विदाई गरेको छ । यसैगरी आँखा दान गर्नेका परिवारलाई मरणोपरान्त सम्मान गरिएको थियो । स्व. सपना भट्टराई, बिष्णुप्रसाद रिजाल, धनञ्जय गौतम, रामबहादुर गुरुङ, तीलरुपा चिमरिया, रामप्रसाद सापकोटा, योगमाया खनाल, खडानन्द वाग्ले, अष्टिमिष्ट नेपालका अध्यक्ष खगेन्द्र ओलीको परिवारलाई समेत सम्मान गरिएको थियो । अस्पतालका सदस्य चण्डीप्रसाद पराजुली र उनकी धर्मपत्नी यशोदा ढकाल पराजुलीलाई ५०औं वैवाहिक वर्षगाँठको शुभकामना दिइएको थियो ।
कार्यक्रमको सञ्चालन अस्पताल व्यवस्थापन समितिका सचिव गणेश पोखरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here