जनतासँग न्यायपालिका विषयक अन्तरक्रिया

0
5

कमल ।

कमल नगर जेसीजका आयोजना तथा कमल गाउँपालिका न्यायिक समितिको आर्थिक सहयोगमा जनतासँग न्यायिक पालिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कमल ५ स्थित एक पार्टी प्यालेसको सभाहालमा सम्पन्न कार्यक्रममा . छिमेकी गाउँपालिका तथा नगरपालिका उपप्रमुख, न्यायिक समिति र मेलमिलापकर्ता बीच भगिनी सम्बन्ध स्थापना गर्नुका साथै छिमेकी गाउँपालिका तथा नगरपालिका न्यायपालिकाबीच गतिविधिहरूको बारे एक आपसमा जानकारी आदानप्रदान र न्यायिक समितिमा उजुरी पेश गर्दा आवश्यक कागजातको तयारी कसरी गर्ने भन्ने विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक कमलनगर जेसीजले जनाएको छ ।

कार्यक्रममा सहभागी न्यायिक समितिका संयोजक मध्ये दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई (प्रसाईं) ,शिवसतासी नगरपालिका उपप्रमुख नरमाया कार्की ,गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने (कुंवर),इलामको चुलाचुली गाउँपालिका उपाध्यक्ष दिलकुमारी लिम्बू , कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले न्यायिक समितिमा रहेर पालिकामा न्याय सम्पादन गर्दाका अनुभव र चुनौतीका बारेमा आ आफ्नो अनुभव बारे जानकारी गराएका थिए ।

त्यस्तै पालिकामा रहेका न्यायिक समितिका सदस्य र मेलमिलापकर्ताले समेत मेलमिलाप गराउँदा आईपरेका समस्या ,चुनौतीका विषयमा समेत आफ्नु अनुभव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले न्यायिक स्थानियतह को कानुन अनुसार उपाध्यक्षलाई १२ वटा समितिको संयोजक रहने व्यवस्था मिलाउको छ । यति धेरै समितिको संयोजक भएर काम गरिरहँदा न्यायिक समितिमा रहेर न्याय सम्पादन गर्न अत्यन्तै चुनौति छ । अझैपनि कस्ता कस्ता मुद्धा न्यायिक समितिले हेर्न पाउने भन्ने सबैलाई जानकारी नभएकोले समेत समस्या आउनेगरेको उपाध्यक्ष न्यौपानेले बताईन् ।

पालिकामा रहेका न्यायिक समिति तल्लो तहका न्यायपालिका नै हुन् । फौजदारी मुद्दा बाहेक देवानी प्रकृतिका सबै मुद्दालाई न्यायिक समितिले हेर्न पाउने गरी सम्बोधन भएको छ । गाउँसमाज बाट अदालतमा पुग्ने १० देखी १५ प्रतिशत मुद्दा न्यायिक समितिले घटाएका कारण हरेक जिल्ला अदालतको मुद्दाको भार घटेको प्रमुख अतिथि झापा जिल्लाका न्यायाधीश इश्वरमणि ओझाले बताए ।

कार्यक्रममा कमल गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष केदार कटुवाल , प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य नेपाल जेसिज वर्ष २४ का कार्यकारिणी उपाध्यक्ष भीम बहादुर कुँवरलगायतले कार्यक्रमको सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

कमल नगर जेसीज वर्ष २४ का अध्यक्ष देवीप्रसाद दाहालले पालिकाका विभिन्न तहमा रहेर कानुन अध्ययन नगरेपनि व्यवहारले अनुभव प्राप्त भएर न्याय निरुपण गरिरका न्यायिक समित संयोजक, समितिका सदस्य मेलमिलापकर्ता लगायत कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा कमल नगर जेसीजका पूर्व अध्यक्ष, आजीवन सदस्य लगायतको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रम सञ्चालन कमल नगर जेसिज वर्ष २४ का महासचिव रोशन अधिकारीले सञ्चालन गरेका थिए ।

कार्यक्रमको सहजीकरण वर्ष २२ का अध्यक्ष, वर्ष २४ का अध्यक्षमा सल्लाहकार तथा नेपाल जेसीजका प्रशिक्षक नारायण बस्नेतले गरेका थिए । कार्यक्रमको संयोजक जनसम्पर्क अधिकारी मनिषा कठायत रहकी थिईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here