जैविक विषादीको प्रयोग बढाऔं

१६ चैत्र २०८०, शुक्रबार मा प्रकाशित

नेपाल कृषि प्रधान मुलुक हो भनेर पढ्न र पढाउन थालेको पनि दशकौं बितिसके । कुनै बेला कृषि पेशा मुलुकको अर्थ व्यवस्थाको मेरुदण्ड बनेको थियो । अहिले कृषिमा आश्रित परिवार संख्या धेरै देखिए पनि भित्रबाट हेर्ने हो भने वैदेशिक रोजगारीबाट आश्रित परिवार संख्या उल्लेख्य छ । कृषि प्रति आकर्षण नहुनु, राज्य उदासीन बन्नु, युवाले दीगोभन्दा पनि छिटो कमाउन चाहनु, मल पानी बीऊ–बिजन समयमा प्राप्ति नहुनु, बजारको अभाव हुनु यसका प्रमुख चुनौतीहरु हुन् ।

नेपालमा उपभोक्ता सचेतना एकदमै कमजोर छ । उपभोगवादी व्यवहार फस्टाएसँगै सचेतना उहीँ दरमा बढ्दै गएको देखिन्न । शहरी क्षेत्रमा बिस्तारै मानिसहरु सानो कोठेबारी खेती, कौसी खेती आदिमा आकर्षित हुँदै गएको देखिन्छ । शहर बाहिरको अवस्था भने केही फरक छ । वैदेशिक रोजगारीबाट फर्केका युवा समूहहरु व्यावसायिक खेतीतर्फ मोडिँदै गएका छन् । जहाँ र जसरी खेती गरे पनि विषादीहरुको प्रयोग गर्नैपर्ने अवस्था रहन्छ । किनकि हाम्रा कृषि बालीनाली, फलफूल, तरकारी बालीमा ढुसी, किरा, कमिला–धमिरा भुसुना, मुसा–छुचुन्द्रा, झार, ब्याक्टेरिया–भाइरस आदिले आक्रमण गर्दछन् । त्यसबाट बाली बचाउन विषादीको प्रयोग गर्नुपर्दछ ।

रासायनहरुको स्रोतको आधारमा विषादीहरु मुख्य गरेर दुई प्रकारका हुन्छन् । रासायनिक तथा जैविक विषादी । वनस्पति, जनावर तथा सूक्ष्म जीवहरुबाट बनाइएका विषादीलाई जैविक विषादी भनिन्छ । यिनिहरु शत्रु जीव मात्र मार्ने वा निष्क्रिय पार्ने प्रकारका हुन्छन् । यिनिहरुले मानव तथा अन्य जीवहरुको स्वास्थमा समस्या उत्पन्न गराउन्नन । यिनीहरु वातावरणमैत्री समेत हुन्छन् । त्यसकारण यिनको प्रयोग बढाएर हामीहरू सुरक्षित बन्न सक्छांै । उत्पादनको हिसाबमा पनि यिनीहरू सस्तो हुन्छन् । जल र जमिनमा मिसिन पुगेमा त्यति नोक्सान गराउँदैनन् । यिनीहरु क्रमशः जम्मा भएर द्वितीय पदूषक बनाउने सम्भावना पनि हुँदैन ।

एक्ष्एक अर्थात् प्लान्ट इन्कर्पोरेटेड प्रोटेक्टेन्स नामक जैविक विषादी जैविक प्रविधिबाट बनाइन्छ । यिनिहरु न्ःइ (जेनेटिकल्ली मोडिफाईड अर्गेनिज्म) प्रविधियुक्त हुन्छन् । जस्तैः धान र मकैको बोटमा तिनीहरुको डाँठभित्र बसेर बिस्तारै बोटलाई नै ध्वस्त पार्ने स्टेम बोरर भनिने किरालाई मार्न सहायक बिटी जिन ९द्यत नभलभ) बेसिलस थुरिन्जिनेसिस नामक ब्याक्टेरियामा पाइँदो रहेछ । त्यसको पहिचानगरी सो जीन÷बशतत्वलाई धान र मकैमा प्रत्यारोपण गरेर नयाँ प्रजातिका धान र मकै बनाइएको छ । जसमा उक्त किराले असर गर्न सक्दैन ।

निमको बोटमा अजाडेराच्टिन नामक रसायन पाइन्छ । जसले झिंगा, लाइकिरा, गोब्रेकिरा मार्न सक्छ । सुर्तीमा निकोटिन नामक पदार्थ पाइन्छ । जसले लाइकिरा लगायतका हानिकारक किरालाई बढ्न दिँदैन । कागतीको रसमा पाइने लिमोनिन नामक रसायनले ढुसी बढ्न दिँदैन । यसले पानीमा लामखुट्टेका लार्भा मारिदिन्छ । तितेपातीका पातलाई माडेरा धान मकै जस्ता बाली भण्डार गरेको बोरामा राखेमा किराले दुःख दिँदैन । सजिवनको बोक्रालाई पिसेर घर वरपर छर्केमा सर्प नजिक आउँदैन । यस विधिलाई नेपाल कै केही आदिवासीहरुले प्रयोग गर्ने गरेका छन् । गाईवस्तुको गहुँतलाई सिँधै पनि प्रयोग गरेको पाइन्छ । गहुँतमा लसुन, प्याज, बेसार, अधुवा, गुर्जो, बोझो, निम, असुरो आदि पिसेर लेदो बनाई मिसाउने र दुई हप्ता जति हावा नपस्ने भाँडोमा भण्डार गर्ने । त्यसपछि उक्त भाडोबाट त्यसलाई निकालेर आवश्यकताको आधारमा पानी थपेर विषादीको रुपमा प्रयोग गर्ने गरिएको छ । यसलाई (झोलमोल) नाम दिएर प्रयोग गरिन्छ । यसबाट जैविक विषादीहरु क्ष्एः इन्टिग्रेटेड पेष्ट मेनेज्मेन्ट (एकीकृत शत्रुजीव व्यवस्थापन)को एक महŒवपूर्ण अङ्ग बन्न सक्ने प्रष्ट हुन्छ ।

जैविक विषादीको प्रयोग बढाउनु भनेको रासायनिक विषादीको प्रयोग घटाउनु हो । रासायनिक विषादीहरुको अन्धाधुन्ध प्रयोगले धेरै समस्याहरू उत्पन्न भएका छन् । कलकारखानाबाट बनाइएका रसायनहरु जसले शत्रु जीवलाई मार्न सहयोगी भूमिका खेल्छन्, तिनीहरु रासायनिक विषादी हुन् । यसले शत्रु जीव तथा मित्रु जीव दुबैलाई मारिदिन्छ । यो वातावरणमैत्री हँुदैन र मानव स्वास्थ्यमा पनि गम्भीर असर देखाउने प्रकारको हुन्छ । त्यसकारण रासायनिक विषादीको प्रयोग राम्रो मानिन्न । रासायनिक विषादीको प्रयोग बढेसँगै समाजमा प्राण घातक क्यान्सर जस्ता रोगहरु बढ्न थालेका छन् ।

हाम्रो समाजमा कुनै बेला प्रतिबन्ध लगाइएका र कानूनद्वारा निषेध गरिएका डिडिटी, बिएच्सी जस्ता रासायनिक विषादीहरु प्रयोग गरिएको पाइएको छ । दोस्रो विश्वयुद्धपछि यसको व्यापक प्रयोगले प्राणघातक क्यान्सर फैलिएको पाइएपछि यसमा प्रतिबन्ध लगाइएको थियो । अहिले पनि एसिया, अफ्रिका र दक्षिण अमेरिकामा यिनको प्रयोग गरिन्छ । मालाथिन, पाराथिन जस्ता विषादीहरु लगायतका रासायनिक विषादी स्वास्थ्यको हिसाबले अत्यन्त हानिकारक छन् । त्यसकारण जैविक विषादीको उत्पादन र प्रयोगमा स्थानीय सरकारहरुले पनि प्रोत्साहन गर्नुपर्ने देखिन्छ । जैविक विषादी प्रयोग बढाऔँ र स्वस्थ बनौं ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here