पाउपाथीभरामा श्रीमद् वाल्मिकीय रामायण महायज्ञ हुने

0
7

झापा ।

झापा मेचीनगरको चाराआली स्थित पाउपाथीभरा मन्दिर परिषरमा श्रीमद् वाल्मिकीय रामायण नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।

समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानवकल्याणल र शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन होस् भन्ने उध्येश्यका साथ रामनवमीको अवसर पारेर महायज्ञ आयोजना हुने भएको हो ।

पाउपाथीभरा उत्तरगङ्गा प्रवेशद्वार पर्यटन प्रवद्वन समितिको आयोजनामा हुने महायज्ञमा पाठ–पारयण, एवं भजन कृतन तथा झाँकी सहितको नवाह महायज्ञ आगामी चैत २७ गते देखि वैशाख ५ गते बुधबारसम्म गर्न लागिएको पुराण व्यवस्थापन समितिका संयोजक तिलकप्रसाद गिरीले जानकारी दिनुभयो ।

महायज्ञ सम्पन्न गर्न एक सय एक मुल आयोजक समिति गठन गरेको र विभिन्न १५ वटा उपसमिति निर्माण गरि तयारीलाई तिव्रता दिएको प्रचारप्रसार समितिका संयोजक यामनाथ बरालले जानकारी दिनुभयो ।

हरेक वर्ष पाउपाथीभरा मन्दिर परिषरमा ज्ञान महायज्ञ आयोजना हुने गरेको यसकै निरन्तरता स्वरूप नवाह महायज्ञ आयोजना गर्नलागेको र यसको सम्पूर्ण तयारी पूरा भएको आर्थिक समितिका संयोजक प्रकाश बास्तोलाले जानकारी दिनुभयो । महायज्ञ सम्पन्न गर्न करिब १५ लाख रुपैयाँँ खर्च लाग्ने अनुमान गरिएको संयोजक बास्तोलाले बताउनुभयो ।

महायज्ञको कथा वाचन पं. शान्तिराम नेपाल र पाठ पारायण पं. गायत्री दाहालबाट हुने प्रचारप्रसार समितिका संयोजक बरालले जानकारी दिनुभयो ।

महायज्ञ सम्पन्न गर्न आर्थिक एवं विभिन्न रुपले सक्रियभई सहयोग गर्न आम जनसमुदाय समक्ष पुराण व्यवस्थापन समितिका संयोजक गिरीले अपिल गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here