तपाईलाई कसैले गधा भनिदियो भने के गर्नुहुन्छ ? कुकुर भनिदिएमा जाइलाग्नु हुन्छ कि ? खाना खाइरहेको बेला अगाडि आएर दिसा–पिसाब गरिदियो भने तपाई कसो गर्नुहुन्छ ? गहिरो निद्राबाट बिउझिनुप¥यो भने कति रिस उठ्छ ? भोक लागेको बेला एकछिनमा खाना खानु भनेमा, तिर्खाले घाँटी सुकेका बेला पानी पिउन नपाएमा अनि थाकेको बेला आराम गर्न नपाउँदा तपाईलाई कति रिस उठ्छ ? कति दिमाग तात्छ ? मारी दिउँ जस्तो लाग्छ वा रिसले टेबुलवा भित्तामा मजाले हान्नुहुन्छ ? कि कसो गर्नुहुन्छ ?
तपाईको आफ्ना बालबच्चा, छोराछोरी वा नानीबाबुले यस्ता कुरा गरेको भए तपाइँ हाँसेर, खुशी भएर मान्नुहुन्छ । उनीहरूसँग रहँदा संसारका दुःख दर्दलाई भुल्नु हुन्छ । थकानलाई, भोकप्यासलाई बिर्सनुहुन्छ । गधा, कुकुर वा अन्य कुनै जनावरसँग तुलना गरे पनि उनीहरूले चरित्र अभिनय गर्नु भने पनि तपाई तयार हुनुहुन्छ, हाँस्नुहुन्छ, खुशी हुनुहुन्छ । आखिरीमा सन्तानको माया औँधी गर्नुहुन्छ ।
प्राणी जगतको अस्तित्व डर सन्तानको माया, स्नेहले अडेको देखिन्छ । आफ्ना डर सन्तानको रक्षा, सुरक्षा, ममताले प्राणी लोप हुनबाट जोगिएको देखिन्छ । महाभारतमा सन्तानको मृत्यु पीडाले अर्जुनले युद्ध जितेको उदाहरण रहेको छ । आफ्ना डर सन्तानप्रति प्राणीको माया स्नेह अनुभूत रहेको श्रीकृष्णले महाभारतमा बताएका थिए ।
तेस्रो विश्वका हामी नेपाली मानव संशाधन उत्पादन गर्ने फ्याक्ट्री भएका छौं । दुःख कष्ट गरी मेलापात गरी खाइनखाइ हुर्काएका आफ्ना नानीबाबुलाई हामी औँधी माया गर्छौं । उनीहरूको खुशीका लागि हामी हरपल, हर अवस्था तयार रहन्छौँ । कसैले गालीगलोज गरेमा उनीहरू माथि खनिन्छौँ । संसारको सबै माया उनीहरूलाई दिन्छौँ । दुखाइपिराइमा ख्याल राख्छौं । एउटा सिन्को दुई वटा पार्न लगाउँदैनौं । घरभित्र वा बाहिरका काम गर्न दिदैनौँ । आफूलाई संसारको सबै दुःख–पीडाहरूले गाजे पनि हामी हाम्रा बालबच्चालाई खुशी र सुख दिन प्रयत्न गर्दछौँ । हाम्रा नानीबाबुको इच्छा, चाहना पूरा गर्ने हरसम्भव प्रयासमा रहन्छौं । यसलाई मानवीय स्वभाव वा प्रवृत्ति मान्दछौँ ।
बच्चा जन्मेको दिन हाम्रो खुशीको सीमा नै हुन्न । न्वारनमा सुन्दर, पराक्रमी, राम्रो असल सतगुण, पुरूषार्थी, उत्कृष्ट, नैतिकवान सतचरित्रले भरिएको नाम जुराउँछौँ । पढाइ, लेखाइकला, सीप, क्षमता, विकासमा अब्बल बनाउँदछौँ । प्रतिस्पर्धामा उत्कृष्ट, सबल, सक्षम, योग्य पार्दछौँ । हामी हरेक क्षेत्रमा हाम्रा नानीबाबुहरू अगाडि बढुन्, सफल बनुन भनी चिन्तनमनन गरिरहेका हुन्छौँ । उनीहरूको समृद्धिको कामनामा हाम्रो जीवन व्यतित गर्दछौँ । ईश्वरलाई प्रार्थना गर्दछौँ ।
नानीबाबुहरूको विदेश जान आवश्यक पर्ने सरसामग्रीको जोहो गर्दैछौं । रोजगारी होस् या अध्ययनका लागि गन्तव्यतिर पठाउँदछौँ । उनीहरूको खुशीको लागि भविष्यको लागि हाम्रो खुशी, माया र स्नेहलाई बलि दिन्छौं । धनसम्पत्ति दाउमा राख्छौं । विछोडको पिरमर्का लुकाउँछौँ । हाम्रो भाग्य नियतिमा पश्चाताप गर्दछौँ । नानीबाबुहरु नेपालको भूमि छोड्न ेदिन खुशी हुन्छन् । हामी बाध्यतावस मनलाई कडा बनाउछौँ, आँशु सुकाउँछौँ र विदाका हातहरू हल्लाउछौँ । रातदिन, साझबिहान नभनी दुःख–कष्ट–पिर –मर्का नभनी हामीले जन्माएको, हुर्काएको सन्तानको सुख–समृद्धिको कल्पनामा डुब्छौँ । कष्ट–पीडा सुनाउँदा अत्तालिन्छौँ । विछोडको वेदना सुनाउँदा भक्कानिन्छौँ । आफ्नो भविष्यप्रति दुःखी बन्दछौँ, जीवनमा एक्लो र निराश बन्दछौँ, भाग्यलाई दोष दिन्छौँ । नेपालमा जन्मदाको आफ्नो कथा, व्यथा सुनाउँछौँ, जन्म र कर्मप्रति घृणा गर्दछौँ, फेरि हामी वास्तविकतामा फर्कन्छौँ ।
के हामी नेपालीको कर्म विदेशका कामदार वा श्रमिक बन्नका लागि हुँदैछ ? के भूमिमा रगत पसिना, बल बैँश खर्चन मात्र भएको हो ? के हाम्रो देशमा हामी केही गर्न सक्दैनौँ ? यहाँ केही गर्ने, जीवन बनाउने, लक्ष्य निर्धारण गर्ने, पेसा व्यापार, व्यवसाय गर्ने जीविकोपार्जन गर्ने, गुणस्तरीय जीवनयापन गर्ने वातावरण नै छैन ? के हामी यहाँ केही गर्न सक्दैनौँ ? कुनै कार्य गर्ने प्रयत्न पनि गर्दैनौँ ? यस्ता प्रश्नले हाम्रो मनोभावना उत्सुकता जगाउँदछ, सिर्जनशील बनाउँछ, कर्मशील बनाउँछ । तर, यथार्थता, वास्तविकता अर्कै छ ।
विदेश पलायनले हाम्रो अस्तित्व, धर्म संस्कार, संस्कृति, परम्परा, रीतिरिवाज चालचलन, अभ्यास मौलिकता, भाषा, लिपि, पहिरन मूल्य–मान्यता लोप हुँदै गएको देखिन्छ । हामीले हाम्रो पहिचान खोज्नुपर्ने समय आउँदैछ । सिपयुक्त मानव संशाधन, शिक्षित व्यक्ति, युवा शक्ति, जनशक्ति विदेश पलायन हुनेक्रम बढेसँगै भविष्यमा आउनसक्ने विकराल अवस्था तथा समस्यामा हामी सचेत रहन जरूरी भइसकेको छ ।
घर रित्तिदैछ, परिवार विछोडमा छट्पटिँदैछ, समाजमा विचलन आउँदैछ, हाम्रो मूल्य–मान्यता नासिँदै छ, अस्तित्व संकटमा पर्दैछ । एक गाँस भात दिने, एक घुट्की पानी दिने, औषधि–उपचार गर्ने, दुःख वेदना साटासाट गर्ने, दोहोरो वार्तालाप गर्ने व्यक्तिको खोजीमा हाम्रो श्वास रोकिन सक्छ, आत्मा मर्न सक्छ, सृष्टि नासिन सक्छ , अस्तित्व मेटिन सक्छ । देश दुनियाँको नक्सामा मात्र सिमित रहन सक्छ । चेतना भया ।