बालगृह महासंघको दोस्रो सभा

0
4

बुट्टाबारी । 

बाल गृहहरुको महासंघ प्रदेश नं. १ नेपाल कोशी प्रदेशको दोस्रो साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रममा वार्षिक तथा आर्थिक प्रतिवेदन सचिव तेजबहादुर घिमिरेले प्रस्तुत गरेका थिए । कार्यक्रममा समितिका उपस्थित सदस्यहरुले बाल गृहहरुमा आइपर्ने आवश्यकता, समस्या, चुनौति र उपलब्धिबारे धारण राखेका थिए ।

बालगृहमा रहेका बालबालिकाहरुका लागि शिक्षा स्वास्थ सम्मको व्यवस्थापनका लागि संस्था तोकेर प्रदेश सरकारले दिँदै आएको रकम हाल स्थानीय तहले आफू खुशी अन्य संस्थालाई विभाजन गरी वितरण गर्दा बालगृलाई समस्या परेको भगिरथा चापागाईंले बताइन् ।

त्यसैगरी बालगृहमा रहेका बालबालिकाहरुको अभिभावक पहिचान नखुलेको र उनीहरुलाई कक्षा ८ मा पुगेपछि अनिवार्य जन्मदर्ता आवश्यक रहने, अभिभावकविहीन १८ बर्ष पार गरेका बालबालिकाहरु राज्यले सीप प्रधान गरी रोजगारको व्यवस्थापन गर्नुपर्ने, बालगृहका बालबालिकालाई स्थानीय सरकारले स्वास्थ्य बीमा गरी दिनुपर्ने जस्ता स्थानीय, प्रदेश र केन्द्रिय सरकारसग माग गर्ने निमित्त अध्यक्ष नारायणप्रसाद पोख्रेलले बताए ।

कार्यक्रममा कोशी प्रदेशका १४ जिल्ला अन्तर्गत १६ बालगृहमा रहेर उन्च शिक्षा हासिल गर्ने निसा बालगृह इटहरीका लिचन गौतम पूर्वाञ्चल बालसेवा केन्द्रका सुरेश नेपाल, खेलकुद तथा अतिरिक्त क्रियाकलाप अन्तर्गत स्वर्ण पदक बिजेता नमूना बालगृह उर्लाबारीका किरण मगर, लोपोन्मुख विद्यार्थीको तर्फबाट नमूना बालगृह उर्लाबारी कि सुनिता चेपाङ लगायतलाई सम्मान एवम् पुरस्कृत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल, महिला तथा बालबालिका शाखा प्रमुख चन्द्रकला सुब्बा वडाध्यक्ष उर्मिला थापा लगायतले शुभकामना व्यक्त गरेका थिए । महासंघका सदस्य ब्युटी श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचिव तेजबहादुर घिमिरेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here