महिला मानवअधिकार रक्षक सञ्जाल झापामा कविता

0
4

बिर्तामोड ।

महिलाहरुको हकअधिकारका लागि झापामा महिला मानवअधिकार रक्षक सञ्जाल झापाको पुर्नर गठन भएको छ ।

सञ्जालले बिर्तामोडमा पत्रकार पम्मलेन गरी सोमवार (आज) कार्य समिति सार्वजनिक गरेको हो । नौ सदस्यीय कार्य समिति भएको सञ्जालको अध्यक्षमा अधिवक्ता कविता बास्तोला चयन भएकी छिन् ।

समितिको उपाध्यक्षमा कमला भट्टराई, सचिवमा लीला अनानेल, सह–सचिवमा संस्कृति रिजाल र कोषाध्यक्षमा पुष्पाञ्जली सिन्हा ठकुरी चयन भएका छन् ।

त्यस्तै सदस्यमा शिखा खड्का गणेश, सनम राजवंशी, चन्चला सुब्वा र दुर्गा आचार्य रहेको भएका पत्रकार सम्मेलनमा बताइएको छ । सल्लाहकारमा कोशी प्रदेश पूर्व सांसद जसमाया गजमेर, जिल्ला समन्वय समिति झापााकी उपप्रमुख शान्ता रोक्का र अधिबक्ता शान्ता पाठक तिम्सिना रहेका छन् ।

महिलाका अधिकारका विषयलाई अघि ल्याउन सञ्जालले भूमिका निर्वाह गर्ने बताइएको छ । झापामा २०६४ सालमादेखि यस सञ्जालले महलिा मानवअधिकारको क्षेत्रमा वाकलत गर्दै आएको बताइएको छ ।

कार्यक्रममा मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनाल, इन्सेकका नरेश खाती, बीरता लेडी जेसीजकी संस्थापक संस्थापक अध्यक्ष शारदा रिजाल, महिला उद्यमी पार्वता बिमली, बीरता लेडी जेसीजकी अध्यक्ष मिनु ओलीलगायतले शुभकामना दिएका थिए ।

सञ्जालले आफ्नो कार्यक्रम निर्धारित समयमा नै शुरु गर्ने जनाएको छ । आमन्त्रित अतिथी आए पनि या नआए पनि समयमा नै कार्यक्रम शुरु गर्ने बताइएको छ । म्हिलाहरुमाथि हुने घरेलु हिंसा, महिला अधिकार उल्लङ्घन, बिभेदलगायतका बिषयमा कार्य गर्दै त्यस्ता समस्या सामुहिक रुपमा अन्त्य गर्ने उदेश्यले सञ्जालको पुर्नर गठन गरिएको बताइएको छ । कार्यक्रममा स्वागत सञ्जालकी उपाध्यक्ष कमला भट्टराईले गरेकी थिएन् भने सञ्चालन सचिव लीला अनमोलले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here