प्रगति महिलाको डिजिटल सुरक्षा सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न

0
4

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१० स्थित प्रगति महिला कृषक समूहको आयोजनामा नगरपालिका अन्र्तगतका विभिन्न वडामा सञ्चालन भएको डिजिटल सुरक्षा सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

समूहले गत माघ ४ देखि अर्जुनधारा–११ नं. वडाबाट शुरु भएको उक्त कार्यक्रम वडा नं. ८, ६, ४, ९, ३ हुँदै शनिबार १०मा सम्पन्न गरेको छ । ललितपुरस्थित टेवा नेपालको आर्थिक सहयोगमा सञ्चालन भएको कार्यक्रममा दुई सय १० जना बढीलाई डिजिटल सुरक्षा सम्बन्धी जानकारी दिइएको बताइएको छ ।

अर्जुनधारा–१०स्थित ज्येष्ठ नागरिक सामुदायिक मिलन केन्द्रको सभाहलमा समूहकी उपाध्यक्ष शान्ता पोखरेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको वडाध्यक्ष भूपेन्द्र न्यौपानेले उद्घाटन गरेका थिए ।

कार्यक्रमको सहजिकरण अर्जुनधारा नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख विनोद खनाल र क्यान झापाका सचिव लोकप्रिय खनालले गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन सदस्य सावित्रा मिश्रले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here