अर्जुनधारामा लागूऔषध बिरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न

0
3

अर्जुनधारा ।

“लागूऔषध परित्याग गरौं, स्वस्थ जीवन रोजौं” भन्ने मुख्य नारासहित झापाको अर्जुनधारा–४ र ७स्थित नव युवा क्लबको आयोजनामा लागूऔषध बिरुद्ध एक दिने सचेतनामूलक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

अर्जुनधारा–७ नं. वडा कार्यालयको आर्थिक सहयोग र मेचीनगर–६ स्थित सामुदायिक विकास मञ्चको सहजिकरणमा सञ्चालन भएको उक्त कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष गोविन्द खतिवडाले उद्घाटन गरेका थिए ।

सहजकर्ताद्वय मञ्चका अध्यक्ष सोमराज ढकाल र नाईट चेस क्लबका कार्यक्रम अधिकृत गोविन्द न्यौपानेले सहजिकरण गरेको कार्यक्रममा ५५ जना बढीको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा शनिश्चरे प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक नरबहादुर खड्काले लागूऔषध दुव्र्यसन बिरुद्धको सचेतनामूलक अभियान र ऐन्मा भएको व्यवस्था र अस्थायी ट्राफिक प्रहरी बिट शनिश्चरेका प्रमुख प्रहरी सहायक निरीक्षक लक्ष्मीप्रसाद ओझाले ट्राफिक नियम तथा सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरुलगायतका विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

क्लबका अध्यक्ष देवेन्द्र मैनालीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन सहजकर्ता ढकालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here