नेकपा (एमाले) कमलको अध्यक्षमा ढकाल

0
3

कमल ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमलको दोस्रो गाउँ अधिवेशनबाट अध्यक्षमा हरि ढकाल सर्वसम्मत चयन भएका छन् । ।

आगामी तीन वर्षे कार्यकालका लागि ढकालसहित उमेद्वारी दर्ता गराएका डम्बरबहादुर निरौला र धनबहादुर बस्नेतले उमेद्वारी फिर्ता लिएसंगै ढकाल सर्बसम्मत चयन भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा अकलबहादुर गुरुङ्ग सर्वसम्मत निर्वाचीत हुनुभएको छ । गुरुङ्गसंगै उमेद्वारी दिएका चन्द्रकला ढकाल र उषा भण्डारीले आफ्नो उमेद्वारी फिर्ता लिएपछि गुरुङ्ग सर्वसम्मत चयन भएको समितिका संयोजक देवेन्द्र भण्डारीले जानकारी दिए ।

गाउँकमिटीको सचिवमा विरेन्द्र अधिकारी निर्वाचित भएका छन् । अधिकारीले (१७५) मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी छविलाल गुरगाईले (७६) मत प्राप्त गरेका थिए । उपसचिवमा भीम चापागाँइले (१७५) मत पाप्त गरी निर्वाचित भए । उनका प्रतिष्पर्धी दिपककुमार दाहालले ५६मत प्राप्त गरेको निर्वाचन समिति सदस्य शारणकुमार पराजुलीले बताए ।

महिला उपसचिवमा हिमा नेपालीले (११८) मत प्राप्त गरी विजयी भइन् भने उनका प्रतिपष्र्धी ममता गुरुङ्गले (७४) र शान्ता दाहालले (६४) मत प्राप्त गर्नु भएको निर्वाचन समितिले जनाएको छ ।

कमल गाउँपालिकामा एक हजार तीन सय सदस्य मध्येबाट अधिवेशनका लागि तीन सय जना प्रतिनिधि छनौट भएको गाउँ कमिटी सचिवालयले जनाएको छ । अधिवेशनबाट ७५ जनाको गाउँकमिटी निर्वाचित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here