हात्तीपाइले बिरुद्धको राष्ट्रिय आम औषधि सेवन गराउनेमा बिर्तामोड पहिलो

0
3

सुरेन्द्र भण्डारी
सुरुङ्गा , हात्तीपाइले बिरुद्धको राष्ट्रिय आम औषधि सेवन गराउने अभियान अन्तरगत बिर्तामोड नगरपालिका पहिलो भएको छ ।
झापाका १५ वटा स्थानीय तहमध्ये अभियान अन्तरगत बिर्तामोड नगरपालिकाले सबै भन्दा धेरै जनालाई औषधि सेवन गराएर औषधि सेवन गराउने कार्यक्रममा बिर्तामोड जिल्लाकै प्रथम भएको हो । बिर्तामोड नगरपालिकाले ९९.१८ प्रतिशतलाई मानिसलाई औषधि सेवन गराउन सफल भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्राकोटीले जानकारी दिनुभयो ।
बिर्तामोडको कूल जनसंख्या एक लाख २० हजार ३ सय ३८ मध्ये एक लाख १० हजार ३ सय ५५ जनालाई ओषधि खुवाउने बिर्तामोड नगरपालिकाले लक्ष्य लिएको थियो । तर, बिर्तामोड नगरपालिकाले लिएको लक्ष्य भन्दा धेरै जनालाई औषधि सेवन गराउन सफल भएको बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका फोकल पर्सन दिपक सापकोटाले जानकारी दिनुभयो । उहाँले अनुसार लिएको लक्ष्य भन्दा १ .९ प्रतिशत अर्थात १०९ प्रतिशतलाई औषधि सेवन गाइएको हो ।
बिर्तामोड नगरपालिकाले निर्धारण गरेको लक्ष्यमा औषधि खान नमिल्ने जनसंख्यालाई कटाइएको थियो । त्यसलाई आधार मान्दा लक्ष्य भन्दा बढीलाई औषधि सेवन गरइएको सापकोटाको भनाई छ । जिल्लाले कूल जनसंख्यालाई आधार मानेर प्रतिशत निकाल्ने गरेको छ भने नगरले औषधि खान मिल्ने संख्यालाई मात्रै आधार मानेर औषधि खानेको संख्यालाई प्रतिशतमा निकालेको सापकोटाको भनाई छ ।
अभियान अन्तरगत १० वटा वडा रहेको बिर्तामोड नगरपालिकामा वडा नम्वर १ मा १० हजार ८ सय ८१ जना, वडा नम्वर २ मा १२ हजार ६ सय ५५ जना, वडा नम्वर ३ मा ११ हजार ६ सय १९ जना, वडा नम्वर ४ मा १४ हजार ७ सय ९३ जना र वडा नम्वर ५ मा २४ हजार २३ जनाले औषधि सेवन गरेका थिए । त्यस्तै नगरको वडा नम्वर ६ मा ७ हजार १ सय ३४ जनलाई औषधि खुवाइएको थियो भने ७ नम्वर वडाका ८ हजार ३ सय ५६ जना, वडा नम्वर ८ मा ६ हजार ६ सय ६९ जना , वडा नम्वर ९ मा ५ हजार ६ सय ४२ जना र वडा नम्वर १० मा ८ हजार ५ सय ८३ जनाले आम औषधि सेवन कार्यक्रम अन्तरगत ओषधि सेवन गरेको बताइन्छ ।
अभियानका क्रममा भद्रपुर नगरपालिकामा सबै भन्दा कमले औषधि सेवन गरेको पाइएको हो । गत बैशाख १६ गतेदेखि ३० गतेसम्म सञ्चालित अभियानमा भद्रपुरले ४४.२७ प्रतिशत औषधि सेवन गराएको बताइएको छ ।
अभियानका क्रममा मेची नगरपालिकामा ७७ प्रतिशत, बुद्धशान्ति गाउँपालिकामा ९० प्रतिशत , अर्जुनधारा नगरपालिकामा ७४ प्रतिशत , कनकाई नगरपालिकामा ८५ प्रतिशत , शिवसताक्षी नगरपालिकामा ८४ प्रतिशत, कमल गाउँपालिकामा ६७ प्रतिशत , दमक नगरपालिकाले ७० प्रतिशत, गौरादह नगरपालिकामा ६२ प्रतिशत , गौरीगञ्ज गाउँपालिकामा ७७ प्रतिशत, झापा गाउँपालिकामा ७५ प्रतिशत, बाह्रदशी गाउँपालिकामा ८५ प्रतिशत , हल्दिवारी गाउँपालिकामा ७० र कचनवकल गाउँपालिकामा ८४ प्रतिशत नागरिकले औषधि सेवन गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाह्राकोटीले बताउनुभयो । उहाँका अनुसार सबै पालिकाको लक्ष्य ८० प्रतिशत रहेको थियो । २० प्रतिशतलाई सेवन गर्न नमिल्नेमा गणना गरिएको उहाँको भनाई छ । पालिकाहरुको ८० प्रतिशत नतिजा भनेको करिव शतप्रतिशत रहेको बाह्राकोटीको भनाई छ ।
अभियानको १५ औ दिनसम्ममा झापामा आठ लाख ४ हजार ७ सय ३७ जनालाई औषधि सेवन गराइएको हो । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले झापासहित ७ जिल्लामा हात्ती पाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम सञ्चालन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here